Rumpum Advertisement

तौल घटाउनका लागि हिँड्ने कि दौडने ?

तौल घटाउनका लागि हिँड्ने कि दौडने ?

विराटनगर, ७ मंसिर । हिँड्ने र दौडने दुवै व्यायामका रूप हुन् ।

पर्याप्त मात्रामा वजन कम गर्न चाहने तर कडा व्यायाम तथा जिम जान मन नपराउनेका लागि यी दुवै लोकप्रिय छन् । हिँड्ने र दौडने दुवैले उस्तै स्वास्थ्यलाभहरू प्रदान गर्छ । केवल मुख्य भिन्नता भनेको शरीरमा भएको क्यालोरी बर्न गर्ने संख्यामा मात्र हो । दुवै हृदय प्रणाली, मांसपेशी तथा मुड परिवर्तन गर्न मद्दत गर्छ ।

शरीरका लागि हिँड्ने र दौडनेमा कुन उत्तम छ भन्ने सोच छ भने यो आफ्नो फिटनेस लक्ष्यमा निर्भर गर्ने हुन्छ । यदि एकमात्र उद्देश्य तौल घटाउनु हो भने दौडनु उत्तम विकल्प हो । किनकि यसले शरीरको बढी क्यालरीलाई बर्न गर्न मद्दत गर्छ । धेरै हिँड्नाले पनि केही मात्रामा क्यालरी बर्न मद्दत गर्न सक्छ, तर यो तुलनात्मकरूपमा दौडनेभन्दा कम हुन्छ ।

७२ किलो वजनको व्यक्तिले ५ माइल प्रतिघण्टा दौडेर ६ सय क्यालोरी बर्न गर्न सक्छ । तर, तौल घटाउन नभएर आफ्नो स्वस्थ तौल मात्र कायम राख्ने सोच छ भने दैनिक ३० मिनेटको हिडाइ पर्याप्त हुन्छ । ४८ किलो तौलको व्यक्तिले २ माइल सामान्य गतिमा हिँडेर २६६ क्यालरी बर्न गर्छ । हिँड्ने गति बढाएर बर्न गर्ने क्यालरीको संख्या पनि बढाउन सकिन्छ ।

भर्खर व्यायाम गर्न सुरू गर्नेहरूले हिँडेर नै तौल घटाउने यात्रा सुरु गर्नु राम्रो हुन्छ । एकचोटि नियमित रुटिनमा चल्न थालेपछि शरीरको बढी क्यालरी बर्न गर्न गति बढाउन सकिन्छ । एक वा दुई हप्तापछि, कुद्न सुरु गर्न सकिन्छ । तर, ५० वर्षभन्दा माथि, कुनै हृदय समस्या तथा मांसपेशीको दुखाइबाट पीडित भएकाले कुद्नुभन्दा पनि हिँड्ने नै गर्नुपर्छ ।

दौडनु एक हिप इम्प्याक्ट गतिविधि हो जसले शरीरमा धेरै दबाब दिन सक्छ, जसले शरीरको अवस्थालाई झन् खराब बनाउन सक्छ । साथै, व्यायामले मात्र तौल कम गर्न सकिँदैन । शरीरको अनावश्यक तौल कम गर्नका लागि खानाको पनि त्यस्तै महत्वपूर्ण भूमिका रहेको हुन्छ । दैनिक खाइने आहारमा स्वस्थ र पौष्टिक खाना समावेश गर्नुका साथै क्यालरी सेवनको कटौलीले सजिलैसँग तौल घटाउन सकिन्छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ