Rumpum Advertisement

तीन पटकका राष्ट्रिय च्याम्पियन बद्रीलालले जिते जिरी ओपन चेसको उपाधि

तीन पटकका राष्ट्रिय च्याम्पियन बद्रीलालले जिते जिरी ओपन चेसको उपाधि

दोलखा, ७ मंसिर । जिरीमा शनिबार भएको ओपन फिडे रेटिङ चेस प्रतियोगिताको उपाधि बद्रीलाल नेपालीले जितेका छन् ।

तीन पटकका राष्ट्रिय च्याम्पियन ललितपुरका भेट्रान खेलाडी हेराकाजी महर्जनमाथि जित हात पार्दैै बद्रीलालले उपाधि प्राप्त गरेका हुन् ।

यसअघि उनले छैटौं चरणको खेलमा दोलखा जिल्ला च्याम्पियन आशिष फुयाँलसँग बराबरीको नतिजा निकालेका थिए ।

७ खेलमा ६ मा जीत तथा १ बराबरी गरी कुल ६ दशमलब ५ अंक बनाएका बद्रीलालले उपाधिसँगै नगद १० हजार हात पारे ।

छैटौं चरणको खेलमा दोलखाका राजीव कार्कीमाथि सहज जित निकालेका आशिष फुँयाल ७ खेलबाट ६ अंकका साथ प्रतियोगितामा दोश्रो हुन सफल भए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ