Rumpum Advertisement
Dazzu

सुनवर्षीका संक्रमितको विराटनगरमा मृत्यु

सुनवर्षीका संक्रमितको विराटनगरमा मृत्यु

विराटनगर, ७ मंसिर । कोरोना संक्रमणका कारण विराटनगरमा थप एकजनाको मृत्यु भएको छ । मोरङको सुनवर्षी नगरपालिकाका कोरोना भाइरस संक्रमित एक पुरुषको उपचारका क्रममा कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा मृत्यु भएको हो ।

सुनवर्षी–५ का ५९ वर्षीय पुरुषको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा आइतबार बिहान मृत्यु भएको हो । उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार बिहान ११ बजेतिर ज्यान गएका पुरुष दुई दिनदेखि कोभिड अस्पतालमा उपचाररत थिए ।

कोरोना संक्रमण भएपछि उनलाई उपचारका लागि गत शुक्रबार अस्पताल भर्ना गरिएको उनले बताए । मृतकमा श्वास फेर्न गाह्रो हुने र ज्वरो आउने समस्या रहेको जानकारी बस्नेतले दिए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ