Rumpum Advertisement
Dazzu

भारतीपछि उनका पति हर्ष पनि ड्रग्स केसमा पक्राउ

भारतीपछि उनका पति हर्ष पनि ड्रग्स केसमा पक्राउ

विराटनगर, ७ मंसिर । भारतका चर्चित हास्यकलाकार भारती सिंहपछि उनका पति हर्ष लिम्बचियालाई पनि ड्रग्स केसमा पक्राउ गरिएको छ ।

महाराष्ट्रको अन्धेरीको घरबाट गाँजा जफत गरेपछि नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले भारतीलाई पक्राउ गरेको थियो । शनिबार बेलुका सोधपुछपछि भारतीय सिंहलाई पक्राउ गरिएको थियो । त्यसको भोलिपल्ट अर्थात् आइतबार बिहान नै एनसीबीले हर्षलाई समेत पक्राउ गरेका हुन् ।

भारती र हर्षको घरमा शनिबार छापामार्ने क्रममा उनीहरूको घर र अफिसबाट ८६.५ ग्राम गाँजा भेटिएको थियो । एनसीबीले सार्वजनिक गरेको बयानमा सोधपुछ गर्दा हर्ष र भारतीले गाँजा सेवन गर्ने गरेको स्वीकारेको उल्लेख गरिएको छ । भारतीय मिडियाका अनुसार भारती सिंह र उनका पतिलाई मेडिकल जाँचका लागि लगिएको छ ।

अभिनेता सुशांत सिंह राजपूतको मृत्युपछि एनसीबीले बलिउडमा लागूऔषधको प्रयोगको बारेमा अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ