Rumpum Advertisement
Dazzu

साउनमा प्रदर्शन हुने ‘डिसेम्बर फल्स’मा आर्यन अनुबन्धित

साउनमा प्रदर्शन हुने ‘डिसेम्बर फल्स’मा आर्यन अनुबन्धित

विराटनगर, ७ मंसिर । अभिनेताको आर्यन सिग्देल नयाँ फिल्ममा अनुबन्धित भएका छन् ।

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘चच हुईं’ पछि उनि ‘डिसेम्बर फल्स’मा अनुबन्धित भएका हुन् । आर्यन सिग्देलले ‘डिसेम्बर फल्स’ मा दर्शकले आफूलाई भिन्नरुपमा देख्न पाउने बताएका छन् । यो फिल्मको स्क्रिप्ट निकै राम्रो भएका कारण फिल्ममा अभिनय गर्न लागेक उनको भनाइ छ ।

प्रविण झाको निर्देशनमा बन्न लागेको लभस्टोरी थ्रिलर फिल्म ‘डिसेम्बर फल्स’मा आर्यनसहित अभिनेता सलोन बस्नेत पनि मुख्य कमाकारमा रुपमा देखिने भएका छन् । शनिबारका दिन राजधानीमा एक कार्यक्रमका बीच प्रदर्शन मितिसहित फिल्म निर्माणको घोषणा गरिएको छ । फिल्मलाई २०७८ को १ साउनमा प्रदर्शन गर्ने निर्माण टिमको योजना रहेको छ ।

प्रदर्शन मिति घोषणा गरिए पनि फिल्मको अभिनेत्रीको भने टुंगो लागेको छैन । फिल्मका कार्यकारी निर्माता लक्ष्मण रिजालका अनुसार आर्यनको अपोजिटका लागि अहिले एक अभिनेत्रीसँग कुराकानी भइरहेको छ । अभिनेत्री टुंगो लाग्नासाथ फिल्मको छायांकन सुरु हुने भएको छ । फिल्ममा आर्यन र सलोनका साथ सुमन थापा, नगेन्द्र रिजाल, दयाराम दाहाल, नरेश भट्टराईलगायतका कलाकारको अभिनय रहनेछ ।

केदार भुषालको पटकथा तथा संवाद रहेको फिल्मलाई रवि नाइडुले छायांकन गर्ने भएका छन् । नाइडुले थुप्रै दक्षिण भारतीय फिल्म, हिन्दी फिल्म तथा हिन्दी सिरियल ‘नागिन’ को छायांकन गरेका हुन् । रामप्रसाद रिजालको प्रस्तुतिमा निर्माण हुने ‘डिसेम्बर फल्स’लाई राज कुमार भट्टले निर्माण गर्ने छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ