Rumpum Advertisement
Dazzu

मास्कबारे फैलिएका यी छ गलत धारणाबाट जोगिन आवश्यक

मास्कबारे फैलिएका यी छ गलत धारणाबाट जोगिन आवश्यक

विराटनगर, ७ मंसिर । कोरोना भाइरसको सुरुवात भएसँगै, मास्क लगाउनु जीवनको सबैभन्दा महत्तवपूर्ण काम बनेको छ ।

भाइरसबाट संक्रमित भए वा नभए पनि मास्क लगाउनु अत्यन्तै आवश्यक छ, खासगरी सामाजिक दुरी कायम गर्न गाह्रो हुने ठाउँमा मास्क लगाउन छुटाउनु हुँदैन । रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार, सार्वजनिक क्षेत्र मास्क लगाउनाले भाइरस संकुचनबाट बचाउनुका साथै रोगको फैलावटलाई रोक्छ ।

वैज्ञानिक तथा चिकित्सा अनुसन्धानकर्ता कोभिड १९ खोपको विकासमा काम गरिरहेको बेलामा मानिसहरू मास्कसम्बन्धी अनावश्यक भ्रमको समस्या सामना गर्दै छन् । मास्कबारे यी छ गलत धारणासँग जोगिनु पर्छ ।

भ्रम : मास्क लगाउनाले कोभिड १९ बाट पूरै जोगाउन सक्छ ।

तथ्य : मास्क लगाउँदा भाइरसको संक्रमणबाट बच्न सकिन्छ, तर यसले कोभिड १९ बाट पूर्णरुपमा रक्षा गर्छ भन्ने ग्यारेन्टी छैन । त्यसैले मास्कका साथै सामाजिक दुरीको पालना गर्ने, पटक–पटक हात धुने लगायतका अन्य सावधानी उपाय अपनाउनु पर्छ ।

भ्रम : सबै मास्कलाई पुनः प्रयोग गर्न सकिन्छ ।

तथ्य : कपडाले बनेका मास्क धोएर पुनः प्रयोग गर्न सकिन्छ । तर, सबै मास्क पुनः प्रयोग गर्न मिल्ने हुँदैनन् । डिस्पोजेबल सर्जिकल फेस मास्कलाई पटक–पटक प्रयोग गर्न सकिँदैन । एकपटकको प्रयोगपछि मास्कलाई फ्याँकेर तुरुन्तै हात धुनु पर्ने हुन्छ ।

भ्रम : घरमा मास्क लगाउन आवश्यक हुँदैन ।

तथ्य : सार्वजनिक क्षेत्रहरुमा भाइरस संकुचन हुनबाट रोक्नु नै मास्क लगाउनु पर्ने मुख्य कारण हो । तर, घरमा कोही कोभिड संक्रमित भएमा वा तुरुन्तै संक्रमण हुने कोही छ भने घरमा पनि सधैं मास्क लगाउनुपर्छ ।

भ्रम : मास्कले मुख र नाक कभर गर्नु पर्याप्त हुन्छ ।

तथ्य : केवल मुख र नाक कभर गरेर भाइरसबाट बच्न सकिन्छ भन्नु भ्रम हो । मास्क लगाउँदा मास्क पूर्णरूपमा फिट छ वा छैन भनेर हर्न महत्वपूर्ण हुन्छ ।

भ्रम : मास्क लगाएपछि सामाजिक दुरीको पालना गर्न आवश्यक हुँदैन ।

तथ्य : मास्क लगाएपछि सामाजिक दुरीको पालना गर्न आवश्यक हुँदैन भनेर सोचिन्छ जुन एकदम गलत हो । यो विश्वासले आफ्नो जीवनलाई जोखिममा पार्नुका साथै अन्य मानिसहरूलाई समेत जोखिममा पुर्‍याउन सक्छ ।

भ्रम : मास्क लगाउनाले अक्सिजन स्तर कम गर्न सक्छ ।

तथ्य : मास्क लगाउनु अलि अप्ठ्यारो हुन सक्छ । मास्कले अक्सिजनको स्तर कम गर्दछ वा कार्बनडाइअक्साइडको प्रतिधारणलाई बढावा दिन्छ भन्ने हालसम्म धेरैले विश्वास गर्छन् । तर, विशेष गरी एन ९५ मास्कले अक्सिजन र कार्बनडाइअक्साइडलाई सजिलै फ्लो हुन अनुमति दिन्छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ