Rumpum Advertisement
Dazzu

कोभिडको पुनः संक्रमण हुँदा पनि लक्षण नदोहोरिने गरी संक्रमण हुने

कोभिडको पुनः संक्रमण हुँदा पनि लक्षण नदोहोरिने गरी संक्रमण हुने

विराटनगर, ७ मंसिर । शरीरमा विकास भएको कोरोना भाइरसविरुद्ध एन्टिबडीले दोस्रो पटक संक्रमण हुनबाट जोगाउने देखिएको छ ।

पहिलो पटक संक्रमण भएपछि विकास भएको भाइरसविरुद्धको एन्टिबडी मानिसको शरीरमा कम्तीमा छ महिना बस्ने देखिएपछि तिनले दोस्रो पटक संक्रमण हुनबाट जोगाउने प्रमाण भेटिएको अध्ययनले देखाएको हो । शरीरमा जति धेरै मात्रामा एन्टिबडी हुन्छ दोस्रो पटक संक्रमण हुने सम्भावना पनि त्यति नै कम हुन्छ ।

अक्स्फर्ड यूनिभर्सिटीद्वारा गरिएको अध्ययनमा १२ हजार स्वास्थ्यकर्मीको नियमित कोभिड–१९ परीक्षण र पहिलो संक्रमण भएको थियो वा थिएन भनेर पत्ता लगाउन एन्टिबडी परीक्षण गरिएको थियो । तीमध्ये ११ हजार जनामा कोभिड–१९ को एन्टिबडी भेटिएन । अध्ययनको क्रममा एन्टिबडी नभएकामध्ये ८९ जनामा लक्षणसहितको संक्रमण पुष्टि भयो ।

तर, ३० सातासम्म परीक्षण गरिएको अध्ययनमा कोरोना भाइरसविरुद्ध एन्टिबडी भएका कोही पनि व्यक्तिमा अध्ययन अवधिभरि लक्षण देखिनेगरी संक्रमित भएनन् । परीक्षण गर्दै जाँदा शरीरमा एन्टिबडी बनेको पुष्टि भए पनि तीनजनामा भने लक्षणविहीन कोभिड–१९ भएको पाइयो । तर, ती तीनजना पनि बिरामी भएका थिएनन् ।

उक्त अध्ययनका अनुसार सार्स–कोभ–२ को पुन संक्रमण हुँदा पनि लक्षण नदोहोरिने गरी संक्रमण हुने परिणाम देखियो । अर्को छुट्टै अध्ययनमा अन्य कोरोना भाइरसका कारण विकसित प्रतिरक्षा क्षमताले पनि कोभिड–१९ हुन नदिएको देखिएको छ । संक्रमणविज्ञ डा. केटी जेफ्रीका अनुसार एकचोटि भाइरसको संक्रमण भएपछि फेरि कोभिड १९ हुन नदिन छोटो अवधिकै लागि भए पनि सुरक्षा प्राप्त हुने देखिएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ