Rumpum Advertisement
Dazzu

कोरोना संक्रमणका कारण जनस्वास्थ्य अधिकृतको मृत्यु

कोरोना संक्रमणका कारण जनस्वास्थ्य अधिकृतको मृत्यु

विराटनगर, ७ मंसिर । कोरोना संक्रमणका कारण स्वास्थ्यकर्मीको मृत्यु भएको छ । नोबेल मेडिकल कलेज विराटनगरमा शनिबार सिरहाको कल्याणपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत गौरीशंकर देवको मृत्यु भएको हो ।

उनलाई निमोनिया, श्वासप्रश्वासमा समस्या थियो । गम्भीर अवस्थामा भर्ना भएका देवको उपचारका क्रममा मृत्यु भएको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

उनले मृत्युपछि कोरोना जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको बताए । ‘कोरोना रिपोर्ट नेगेटिभ आएको छ । तर क्लिनिकल्ली कोरोना डेथ भनिएको छ ।’ उनले भने, ‘अस्पताल आउँदा अवस्था गम्भीर थियो ।’

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ