Rumpum Advertisement
Dazzu

भुटानमा कृषि रुपान्तरणको पञ्चतत्व

शहरीकरण, कृषि यन्त्रीकरण, सामुदायिक संस्था, उच्च मूल्यका उत्पादनहरू र युवा आकांक्षा भुटानको कृषि क्रान्तिका केही तत्वहरु हुन् ।

भुटानमा कृषि रुपान्तरणको पञ्चतत्वशहरीकरण, कृषि यन्त्रीकरण, सामुदायिक संस्था, उच्च मूल्यका उत्पादनहरू र युवा आकांक्षा भुटानको कृषि क्रान्तिका केही तत्वहरु हुन् ।
writter
सविन घिमिरे

भुटानी कृषकहरूले परम्परागतरूपमा एकीकृत निर्वाह खेतीको अभ्यास गर्नुका साथै बालीनाली तथा गाईवस्तु उत्पादन र वन सदुपयोग प्रयोग गरिरहेका छन् । उनीहरु आजको दिनमा बढ्दो उद्यमशीलता खेती गर्दै छन् । भुटानको कृषि प्रणालीको विकास बुझ्नका लागि कृषि परिवर्तनको अध्ययन महत्वपूर्ण छ ।

भूमण्डलीकरणको वर्तमान दर र कृषि व्यवसायमा भएको सुधारका कारण भुटानमा उद्यमी किसानहरूको संख्या भविष्यमा बढ्ने अवस्थामा रहेको छ । सरोकारवालाहरूले अझै पनि भुटानमा कृषि व्यवसायका लागि अनुकुल वातावरण निर्माण गर्न प्रयास गरिरहेका छन् ।

भुटान एक कृषिप्रधान देश हो । यसको आधाभन्दा बढी जनसंख्या कृषिमा निर्भर गर्दछ । द ग्लोबल इकोनोमी डट कमको तथ्यांकअनुसार सन २०१८ मा, कृषिले देशको जीडीपीमा १५.८९ प्रतिशत योगदान दिएको थियो । अधिकाङ्श समय आइसोलेसनमा रहेको भुटानले १९६० को दशकमा मात्र आधिकारिकरूपमा बाहिरको दुनियाँका लागि आफ्नो सिमाना खुल्ला गरेको थियो । कृषि आधुनिकीकरणतर्फ भुटानको प्रयास १९६१–६६ मा आफ्नो पहिलो पञ्चवर्षीय योजनाबाट सुरू भयो । त्यसबेलादेखि धेरै क्षेत्रमा भुटानले विकास गरिरहेको छ ।

भुटान शाही सरकारको निरन्तर सहयोगले अन्य क्षेत्रहरुमा जस्तै, कृषि विकास पनि फस्टाएको छ जसका कारण देशका धेरैजसो कृषि मजदुरहरु किसानबाट उद्यमी किसानमा परिवर्तन भएका छन् । भुटानमा कृषि विगतको परम्परागत गाउँ केन्द्रित उत्पादनबाट बजारमा आधारित खेतीमा सर्दै गइरहेको छ, जुन राष्ट्रिय र विश्वव्यापी बजारमा एकीकृत छ । भुटानी किसानलाई किसानबाट उद्यमी किसानमा रूपान्तरणका लागि जिम्मेवार कृषिका केही घटकहरूको समीक्षा गर्न सकिन्छ । शहरीकरण, कृषि यन्त्रीकरण, सामुदायिक संस्था, उच्च मूल्यका उत्पादनहरू र युवा आकांक्षा भुटानको कृषि क्रान्तिका केही तत्वहरु हुन् ।

शहरीकरण

भुटानमा यातायात र सञ्चार सुविधा अभावका कारण ग्रामीण–शहरीसम्बन्धी सीमित थियो । तथापि, आज देशमा सुधारिएको विकासक्रमले ग्रामीण तथा शहरी अन्तक्र्रियालाई सहज बनाउँदै लगेको छ । ग्रामीण समुदायहरूमा असंख्य सामाजिक आर्थिक समस्याहरू, श्रम अभाव विद्यमान रहे पनि शहरीकरणले स्थानीय कृषकहरूलाई उनीहरूको कृषि उत्पादनका लागि बजार र अवसरहरू उत्पन्न गरेर प्रोत्साहित गरेको छ ।

भुटानको बढ्दो सहरी जनसंख्याले अन्नबाली, तरकारी र दुग्धजन्य वस्तुहरूको उच्च माग सिर्जना गरेसँगै किसानहरूलाई शहरी क्षेत्रहरूमा माग पूरा गर्न यी उच्च–मूल्य उत्पादनहरू उत्पादन गर्न प्रेरित गरेको छ । नतिजास्वरूप, किसानहरू उच्च मूल्यको बालीनाली र उच्च–उपज जनावरहरूमा ध्यान दिन थालेका छन् । भुटानको राजधानी शहर थिम्पुुमा अवस्थित द थिम्पु सेनेटेरी किसान बजार, राजमार्गमा रहेका तरकारी आउटलेटहरू र प्रमुख शहरी केन्द्रहरूमा रहेका साप्ताहिक बजारहरूले भुटानको खेतीमा शहरीकरणको प्रभाव देखाउँदछ । शहरीकरणले त्यहाँको कृषिमा संलग्न व्यक्तिलाई उद्यमी खेतीतर्फ आकर्षित गर्न प्रभाव पारिरहेको छ ।

कृषि यन्त्रीकरण

भुटानमा कठिन भौगोलिक संरचना तथा हिमाली भूभागको मात्रा रहेको छ । यसको कुल भौगोलिक क्षेत्रको अधिकांस भूभाग भिरालो रहेको छ । यसले गर्दा भूक्षय तथा अनुत्पादनको जोखिम रहेको छ । विगतमा यस भूभागले ग्रामीण समुदायहरूलाई एकअर्काको पहुँचबाट टाढा राख्यो । यद्यपि हालसालैका दशकहरूमा देशभर सडक विस्तार, मोबाइल फोन नेटवर्क, टेलिभिजन र जलविद्युतको साथसाथै वस्तु र सेवाहरूको प्रवाहमा सुधार आएको छ । नतिजास्वरूप, आज किसानहरूसँग पहिलेको भन्दा आधुनिक कृषि प्रविधिहरूमा राम्रो पहुँच छ । दक्षिण एशियाको कृषि यन्त्रीकरण ५० वर्ष पहिले सुरू भयो । यद्यपि भुटान कृषि यन्त्रीकरणमा लागेको भर्खरै मात्र हो । भुटानको शाही सरकारले सन् १९८३ मा भुटानको भूभागका लागि उपयुक्त कृषि यन्त्रीकरणलाई बढावा दिन कृषि औजार केन्द्र एमसी स्थापना गर्यो ।

२०१६ मा एमसी किसानहरुलाई थप राम्रो सेवाहरु प्रदान गर्ने उद्देश्यले संगठित भयो र फार्म मेसिनरी कर्पोरेसन लिमिटेड एफएमसीएलको नामकरण गरियो । एफएमसीएलले किसानहरूलाई असंख्य मेकानिकल सेवाहरू प्रदान गर्दछ । आज किसानहरु हलो जोत्ने काममा गोरूहरूको साटो दुई वा फोरव्हील पावर टिलरहरू प्रयोग गर्छन् । कृषकहरू विस्तारै आधुनिक प्रविधिहरुको प्रयोगमा परिवर्तन हुँदै आएका छन् । परम्परागत कृषि श्रममूलक थियो जसमा स्थानीय मजदुरहरूको उपयोगको आवश्यकता थियो । ग्रामीण भुटानी समुदायहरूमा श्रमिक अभाव पनि एउटा कारण हो, किसानहरू आधुनिक प्रविधिको पक्षमा रहनुको । कृषि यान्त्रिकीकरणका लागि जिम्मेवार अर्को कारण भनेको किसानहरूको उत्पादन बढाउन उनीहरूको इच्छाशक्ति हो । आधुनिक कृषि प्रविधिले किसानहरु मजदुरबाट उद्यमी किसानमा परिवर्तितको क्रम चलिरहेको छ ।

सामुदायिक संस्था

भुटानी समुदायहरू अनौपचारिक सामाजिक संस्थाहरूमा निर्भर थिए जुन आफन्त र छिमेकी सम्बन्धहरूद्वारा प्रेरित थियो । वर्तमान वर्षहरूमा भुटानमा औपचारिक सामुदायिक संस्था देखा परेका छन् । आज ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरू बढ्दो सहकारी र किसान समूह जस्ता संस्थाहरूमा आबद्ध छन् ।

भुटान शाही सरकारले सन् २००१ मा भुटानको पहिलो सहकारी ऐन लागू गरी २००९ मा संशोधन गरेको थियो । सन् २०१० मा त्यहाँको सरकारले कृषि तथा बजार सहकारी विभाग (डीएएमसी) गठन ग¥यो । डीएएमसीले भुटानमा सहकारी तथा किसान समूहको विकासलाई सहयोग पु¥याउँछ । भुटानमा २०१० पछिको सहकारी संस्थाको विकासले गति प्राप्त ग¥यो । भुटानको कृषि तथा वन मन्त्रालयको तथ्यांकअनुसार सन् २०१७ सम्म भुटानमा २३३६ सदस्यहरु रहेको ५७ सहकारी सन्स्था दर्ता भएको थियो भने ७५३२ सदस्यहरु रहेका ३७० दर्तावाला किसान समूहहरु रहेको थियो । यी सफल संस्थाहरूले समुदायका दुवै सदस्य र गैरसदस्यहरुको जीविका सुधार गर्ने लक्ष्य राखेको छ ।

सामान्यरूपमा भुटानमा औपचारिक सामुदायिक संस्थालाई विकासका लागि एक बाहनको रूपमा मानिन्छ । भुटान सरकारले यी संस्थाहरूको फाइदाहरूमा ठूलो विश्वास राखेको छ र उनीहरूलाई समर्थन गर्ने ऐन तथा नीतिहरू विकास गरेर उनीहरूको सफलताका लागि अनुकूल वातावरण सिर्जना गरेको छ । आज भुटानका संस्थाहरू औपचारिक सामुदायिक संस्थामा रूपान्तरण भइरहेका छन् जसले सीमान्तकृत किसानहरूलाई एकै ठाउँमा समूह बनाउन र उनीहरूलाई अनुपलब्ध हुने व्यवसाय अवसरहरू पहुँच गर्न अनुमति दिन्छ । यी औपचारिक संस्थाहरूले किसानहरूको बजार लागत र उत्पादनहरूको ग्यारेन्टी गर्छन् जसले उनीहरूलाई कृषि उत्पादनको अधिक मात्रा र गुण उत्पादन गर्न प्रोत्साहित गर्छन् । यसैले भुटानका सामुदायिक संस्थासँग भविष्यमा उद्यमी किसानहरू उत्पादन गर्ने क्षमता रहेको छ ।

उच्च मूल्य उत्पादनहरू

विगतमा भुटानी कृषकहरू कम उत्पादनशील बाली र जनावरहरूको साथ एकीकृत निर्वाह खेती गर्ने अभ्यास गर्थे । तिनीहरूले केवल आफ्नो परिवारलाई खुवाउन पर्याप्त बाली खेती गर्थे । यी खेतीपाती स्वदेशी ज्ञानमा मात्र आधारित थियो । बीसौं शताब्दीको अधिकांश समय किसानहरूले मूल्य–वर्धित उत्पादनहरूमा पूँजीकरण गरेनन् किनकि त्यहाँ यी उत्पादनहरूका लागि पर्याप्त बजार थिएन ।

आज किसानहरूले नजिकैका शहरी केन्द्र र अन्तर्राष्ट्रिय बजारहरूबाट उच्च माग भएका स्याउ, सुन्तला, अलैंची, अदुवा, खोर्सानी, विभिन्न चामल, विभिन्न तरकारीजस्ता कृषि उत्पादनहरू व्यावसायिकरूपमा उत्पादन गर्दछन् । कम उत्पादनशील गाईवस्तुहरू जर्सी र ब्राउन स्वीस जस्ता उच्च–उपज दिने विदेशी जातका ठाउँमा प्रतिस्थापन गरिएको छ । भुटानको सबभन्दा पछिल्लो कृषि परिवर्तन शतप्रतिशत जैविक कृषिको आन्दोलन हो, देशका कृषकहरूलाई सामान्यतया अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न गाह्रो भइरहेको अवस्थामा जैविक कृषि उत्पादनलाई ब्रान्डिङ तथा प्रमाणीकरण गरेर यो चुनौतीलाई जित्न सक्ने विश्वास राखिएको छ ।

युवा आकांक्षा

भुटान शाही सरकारले युवा मानिसहरूलाई कृषिलाई आफ्नो क्यारियरको रूपमा रोज्न प्रोत्साहित गरे पनि शिक्षित युवाहरूले स्नातकपछि कृषिमा क्षेत्रलाई त्यति चासो दिएको देखिँदैन । तिनीहरू नागरिक सेवा वा अन्य राम्रो निजी काममा क्यारियरको चाहना राख्छन् । भूटानका धेरै शिक्षित व्यक्तिहरू अझै पनि खेतीपातीलाई तल्लो स्तरको ठान्छन् । यद्यपि, आजको दिनमा पहिलेभन्दा धेरै विश्वविद्यालय स्नातकहरूले कृषिमा क्यारियर रोजिरहेका छन् र सफलता खोजिरहेका छन् । शिक्षित युवाहरूले उद्यमी किसानको रूपमा काम गर्न सुरु गरिसकेका छन् ।

उदाहरणका लागि, युथ इन एग्रिकल्चर प्रोग्राम, भर्खरको स्नातकहरूको समूहले आरम्भ गरेको व्यावसायिक तरकारी फार्म इत्यादि धेरै सफल भएको छ । युवाहरुले पहल गरेका यस्ता फार्मको सफलताले अन्य युवाहरूलाई कृषिमा क्यारियर अँगाल्न प्रेरित गरेको छ । भुटानको निरन्तर उद्यम शिक्षा जस्तैः प्रशिक्षण, विश्वविद्यालयमा उद्यमशीलता कोर्सहरू, व्यवसाय सल्लाहकारहरू, पूर्वाधारमा सुधार जस्ता कुराहरुले त्यहाँका युवाहरूलाई उद्यमशील खेती अँगाल्न प्रेरित गर्न क्षमता राखेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ