Rumpum Advertisement
Dazzu

काबुलमा रकेट आक्रमण हुँदा आठ जनाको ज्यान गयो

काबुलमा रकेट आक्रमण हुँदा आठ जनाको ज्यान गयो

विराटनगर, ७ मंसिर । अफगानिस्तानको राजधानी काबुलमा आतंककारी समूहले एकै पटक २३ राउण्ड रकेट आक्रमण गरेको छ ।

रकेट आक्रमणमा परेर कम्तीमा आठ जनाको ज्यान गएको छ । ३१ जना घाइते भएका छन् । अफगानी गृह प्रशासनले आक्रमणमा तालिवान समूहको संलग्नता रहेको दाबी गरे पनि यसको आधिकारिक पुष्टि हुन बाँकी छ ।

गृहमन्त्रालयका प्रवक्ता तारिक एरियानले आक्रमण तालिवान समूहले गराएको सूचना सरकारले पाएको बताउँदै घाइते सबैलाई सरकारले उपचारको व्यवस्था गर्ने बताए । घटना शनिबार भएको हो ।

घटनापछि कावुलको सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षा अधिकारीले आक्रमणकारीको खोजी भइरहेको जनाएका छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ