Rumpum Advertisement
Dazzu

विपक्षीले लगाए संसद भवनमै आगो

विपक्षीले लगाए संसद भवनमै आगो

विराटनगर, ७ मंसिर । सरकारको विरोधमा उत्रिएका विपक्षीले ग्वाटेमालाको संसद भवनमा आगजनी र तोडफोड गरेका छन् ।

सरकार विरोधी प्रदर्शनकारीले संसद भवनमा आगो लगाएको ग्वाटेमालाको पहिलो घटना हो । संसद भवनको एक क्षेत्रमा सयौँ प्रदर्शनकारी छिरेर छोडफोड तथा आगजनी गर्न थालेपछि उनीहरुलाई दंगा प्रहरीले तितरवितर पारेको छ ।

ग्वाटेमाला शहरमा रहेको भवनमा आक्रमण तथा आगजनी हुँदा कोही पनि थिएनन्। १० मिनेटभित्र आगो नियन्त्रणमा लिइएको अधिकारीहरुले जनाएका छन् । तर घटनामा भएको क्षतिको विवरण अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

संसदले बुधबार राति पारित गरेको बजेटको विरोधमा विपक्षीले प्रदर्शन गरेका हुन् । उनीहरुले राष्ट्रपति एलेजान्ड्रो गिएम्याट्टेइले राजीनामा दिनु पर्ने माग गरेर प्रदर्शन उग्र बनाउँदै लगेका छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ