Rumpum Advertisement
Dazzu

हालाण्डको ह्याट्रिकसहित चार गोल, डर्टमुण्डको शानदार जित

हालाण्डको ह्याट्रिकसहित चार गोल, डर्टमुण्डको शानदार जित

विराटनगर, ७ मंसिर । नर्वेजियन फरवार्ड इयर्लिङ ब्राउल्ट हालाण्ड चम्किँदा जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमुण्डले शानदार जित निकालेको छ ।

शनिबार राति भएको खेलमा हालाण्डले ह्याट्रिकसहित चार गोल गर्दा डर्टमुण्डले हेर्थामाथि ५–२ गोल अन्तरको जित दर्ता गरेको हो ।

हेर्थाको मैदानमा हालाण्डले चार गोल गर्दा राफेल गुएरेर्रोले एक गोल गरे । हेर्थाका मेथस कुन्हाले दुई गोल गरे ।

खेलमा हेर्थाले सुरुआती अग्रता बनाएको थियो । खेलको ३३औं मिनेटमा कुन्हाले गोल गर्दै पहिलो हाफभरि हेर्थालाई अग्रता दिलाए । खेलको ४७औं मिनेटमा हालाण्डले गोल गर्दै डर्टमुण्डलाई बराबरीमा फर्काए ।

खेल बराबरीमा आएको दुई मिनेट बित्न नपाउँदै हालाण्डले अर्को गोल गर्दै डर्टमुण्डलाई अग्रता दिलाए । ६२औं मिनेटमा हालाण्डले गोल गर्दै ह्याट्रिक पूरा गरे र टोलीलाई ३–१ गोलको अग्रता दिलाए ।

७०औं मिनेटमा गुएरेर्रोले गोल गर्दै डर्टमुण्डलाई ४–१ गोलको अग्रता दिलाएका थिए । ७९औं मिनेटमा हेर्थाले पेनाल्टीको मौका पायो, जसमा कुन्हाले गोल गरे ।

सोही मिनेटमा हालाण्डले व्यक्तिगत चौथो तथा क्लबका लागि पाँचौं गोल गरे र डर्टमुण्डलाई ५–२ गोलको जित निकाले ।

जितसँगै दोस्रो स्थानको डर्टमुण्डले ८ खेलबाट १८ अंक जोडेको छ । हेर्था भने ७ अंकका साथ १३औं स्थानमा छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ