Rumpum Advertisement
Dazzu

युनाइटेडको कठिन जितमा फर्नान्डेसको गोल

युनाइटेडको कठिन जितमा फर्नान्डेसको गोल

विराटनगर, ७ मंसिर । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले कठिन जित निकालेको छ । शनिबार राति भएको खेलमा युनाइटेडले वेस्ट ब्रोममाथि १–० गोलको कठिन जित दर्ता गरेको हो ।

युनाइटेडको मैदानमा घरेलु टोलीलाई जिताउन ब्रुनो फर्नान्डेसले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५६औं मिनेटमा युनाइटेडले पेनाल्टीको मौका पाएको थियो । जसमा फर्नान्डेसले गोल गर्दै युनाइटेडलाई जिताए ।

जितसँगै नवौं स्थानको युनाइटेडले ८ खेलबाट १३ अंक जोडेको छ । ब्रोमभने ३ अंकका साथ अठारौं स्थानमा छ । उसले ९ खेल खेलिसकेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ