Rumpum Advertisement
Dazzu

रियलले भिल्लारियलसँग अंक बाँड्यो

रियलले भिल्लारियलसँग अंक बाँड्यो

विराटनगर, ७ मंसिर । स्पेनिस ला लिगामा साविक विजेता रियल मड्रिड बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा रियलले भिल्लारियलसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

भिल्लारियलको मैदानमा रियलले सुरुआती अग्रता बनाएको थियो । खेलको दोस्रो मिनेटमा नै मारियानोले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए ।

७६औं मिनेटमा भिल्लारियलले पेनाल्टीको मौका पाएको थियो, जसमा जेरार्ड मोरेनोले गोल गर्दै खेल बराबरीमा ल्याए । बाँकी समय गोल नहुँदा रियल र भिल्लारियलले १–१ अंक बाँडे ।

बराबरीसँगै तेस्रो स्थानको भिल्लारियलले १० खेलबाट १९ अंक जोडेको छ । चौथो स्थानमा रहेको रियलसँग भने १७ अंक छ । रियलले ९ खेल खेलेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ