Rumpum Advertisement
Dazzu

सिटीलाई हराउँदै टोटनह्यम प्रिमियर लिगको शीर्ष स्थानमा

सिटीलाई हराउँदै टोटनह्यम प्रिमियर लिगको शीर्ष स्थानमा

विराटनगर, ७ मंसिर । इंग्लिस प्रिमियर लिगमा टोटनह्याम हटस्परले म्यानचेस्टर सिटीमाथि जित निकालेको छ । शनिबार राति भएको खेलमा टोटनह्यामले आफ्नो मैदानमा सिटीलाई २–० गोलले हराएको हो ।

घरेलु टोलीलाई जिताउन टोटनह्यामका सन हिउङ–मिन र जियोभानी लो सेल्सोले समान १–१ गोल गरे । खेलको पाँचौं मिनेटमा हिउङ मिनले गोल गर्दै टोटनह्यामलाई सुरुआती अग्रता दिलाएका थिए ।

६५औं मिनेटमा लो सेल्सोले गोल गरेपछि टोटनह्याम २–० गोलले विजयी भयो ।

जितसँगै टोटनह्याम शीर्ष स्थानमा उक्लिएको छ । उसले ९ खेलबाट २० अंक बनाएको छ । सिटी १२ अंकका साथ ११औं स्थानमा छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ