Rumpum Advertisement
Dazzu

जोखिममा अस्पतालका आकस्मिक कक्ष

जोखिममा अस्पतालका आकस्मिक कक्ष

विराटनगर, ७ मंसिर । कोरोना संक्रमण तीव्र रुपमा फैलिएको अवस्थामा अस्पतालका आकस्मिक कक्षमा बिरामीको चाप बढ्दो छ ।

स्वास्थ्य मन्त्रालयले कोभिडमा गुणस्तरीय सेवा सञ्चालन गर्न अन्य सेवासँगै आकस्मिक सेवालाई निरन्तर र चुस्त राख्न बारम्बार निर्देशन दिइरहेको छ । कोभिडका कतिपय बिरामीलाई भर्ना गर्नुपर्ने हुन्छ भने कतिपयलाई आकस्मिक कक्षमै उपचार गर्नुपर्ने हुन्छ । सार्वजनिक, व्यक्तिगत र साप्ताहिक बिदा समेत नलिएर आकस्मिक सेवा आमनागरिकलाई उपलब्ध गराइएको छ ।

मेडिकल कन्सल्ट्यान्ट, चिफ मेडिकल कन्सल्ट्यान्ट, मेडिकल अफिसर, ‘डिउटी’मा खटिने पारामेडिक्स र नर्सहरू दिनरात बिरामीको सेवामा खटिने गरेका छन् । सेवालाई व्यवस्थित बनाउन खटिनेहरूको नामावलीसहितको विवरण हरेक दिनजसो नै अद्यावधिक गरिन्छ ।

सेवा सहज र राम्रो बनाउन बिहान, दिउँसो र राति तीन सिफ्टमा कामको खटनपटनको व्यवस्था गरिएको छ । ‘डिउटी’मा रहेकालाई अप्ठ्यारो परेमा ‘अनकल’ नर्स र चिकित्सकको अत्यावश्यक सेवाको व्यवस्था मिलाइएको छ ।

कोरोना तीव्र रुपमा फैलिएका बेला आकस्मिक कक्षमा बिरामीको चाप बढेसँगै जोखिम पनि बढेको छ । स्वास्थ्यमा अरुनै समस्या भएर उपचारका लागि पुग्ने बिरामी र स्वास्थ्यकर्मीसमेत जोखिममा परिरहेका छन् । पछिल्लो समय अस्पतालका आकस्मिक कक्ष कोरोनाको उच्च जोखिममा रहेका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ