Rumpum Advertisement
Dazzu

युभेन्टसको जित, चार मिनेटको अन्तरमा रोनाल्डोको दुई गोल

युभेन्टसको जित, चार मिनेटको अन्तरमा रोनाल्डोको दुई गोल

विराटनगर, ७ मंसिर । इटालियन सिरी ‘ए’मा साविक विजेता युभेन्टसले सहज जित दर्ता गरेको छ । शनिबार राति भएको खेलमा युभेन्टसले क्याग्लिआरीमाथि २–० गोलको जित दर्ता गरेको हो ।

युभेन्टसको मैदानमा घरेलु टोलीलाई जिताउन दुवै गोल क्रिस्टियानो रोनाल्डोले गरे । उनले चार मिनेटको अन्तरमा दुई गोल गरे ।

खेलको ३८औं मिनेटमा अल्भारो मोरोटाको पासमा गोल गर्दै रोनाल्डोले युभेन्टसलाई सुरुआती अग्रता दिलाएका थिए ।

४२औं मिनेटमा मेरिह डेमिरालको असिस्टमा रोनाल्डाले दोस्रो गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए । र, बाँकी समय गोल नहुँदा युभेन्टसले २–० गोलको जित निकाल्यो ।

जितसँगै दोस्रो स्थानको युभेन्टसले ८ खेलबाट १६ अंक बनाएको छ । क्याग्लीआरी भने १० अंकका साथ ११औं स्थानमा छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ