Rumpum Advertisement
Dazzu

बार्सिलोनालाई हराउँदै एथ्लेटिको दोस्रो स्थानमा

बार्सिलोनालाई हराउँदै एथ्लेटिको दोस्रो स्थानमा

विराटनगर, ७ मंसिर । स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिडले बार्सिलोनाविरुद्ध जित निकालेको छ । शनिबार राति भएको खेलमा एथ्लेटिकोले बार्सिलोनामाथि १–० गोलको जित दर्ता गरेको हो ।

एथ्लेटिकोको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन यानिक कर्रास्कोले निर्णायक गोल गरे ।

पहिलो हाफको इन्ज्युरी समयमा एन्जल कोरेर्राले मिलाइदिएको पासमा गोल गर्दै कर्रास्कोले एथ्लेटिकोलाई जिताए ।

जितसँगै दोस्रो स्थानको एथ्लेटिकोले ८ खेलबाट २० अंक बनाएको छ । समान खेल खेलेको बार्सिलोना ११ अंकका साथ दसौं स्थानमा छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ