Rumpum Advertisement
Dazzu

महासंघ अध्यक्षलाई राज्यमन्त्रीको हैसियत दिलाउछौं : प्रधान

महासंघ अध्यक्षलाई राज्यमन्त्रीको हैसियत दिलाउछौं : प्रधान

विराटनगर, ६ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधानले महासंघ अध्यक्षलाई राज्यमन्त्री सरहको हैसियत बनाउने बताएका छन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानले आफू महासंघको नेतृत्वमा पुगे अध्यक्षको हैसियत राज्यमन्त्री र जिल्ला अध्यक्षहरूको हैसियत सांसद बराबर बनाउने बताएका हुन ।

‘अन्य विकसित मुलुकमा करदातालाई राज्यले उच्च सम्मान प्रदान गरेको पाइन्छ,” उनले भने, ‘ नेपालमा उद्योगी व्यवसायी अर्थात् करदातालाई राज्यले सम्मान दिन जानेको छैन । म वरिष्ठ उपाध्यक्ष भएँ भने भावी अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा करदातालाई उच्च हैसियतमा पु¥याउनेछौं ।’

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ