Rumpum Advertisement

दुईलाख १८ हजार नाघे संक्रमित

दुईलाख १८ हजार नाघे संक्रमित

विराटनगर, ६ मंसिर । नेपालमा कोरोना संक्रमितको संख्या दुईलाख १८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १६७४ जनामा संक्रमण पुष्टि भएसँगै दुई लाख १८ नाघेको हो ।

देशभरका प्रयोगशालामा ८ हजार १४४ नमुना परीक्षण गर्दा ६६१ महिला र १०१३ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्यालले जनाएको छ ।

संक्रमित मध्ये १ लाख ९३ हजार ३२५ जना संक्रमणमुक्त भएका छन् । १३०५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर २४ हजार ९ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १७ हजार २०६ जना होम आइसोलेसनमा छन् । ३३६ जनाको आईसीयू र ४७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ