Rumpum Advertisement
Dazzu

व्यङ्ग्य : कुम हल्लाउने रोग

व्यङ्ग्य : कुम हल्लाउने रोग
कृष्ण उफान

कोही कसैले केही अनौठो काम वा क्रियाकलाप गरेमा भन्ने गरिन्छ, के गर्नु जमाना खराब छ । पहिलेको र अहिलेको जमानामा आकास पातालको अन्तर छ भनेर मानिस नै कुरा गर्ने मेलो बनाउँछन् ।

जमाना खराब भएको हैन । साँच्चै भन्ने हो भने मानिस खराब भएका हुन् । जमाना त आफ्नो ठाउँमा टसमस नभई बसिराख्या छ । हिजो र आजका मानिस फेरिएका हुन् । आनीबानीमा बद्लाव आएको हो । यो सबै मानिसको मति र गति फेरिनाले भएको हो ।

तिललाई पहाड बनाउने पनि मानिस । आफ्नो आङ्को भैँसी नदेख्ने अनि अर्काको आङ्को जुम्रोसमेत देख्ने मानिस हो । स्वार्थी भाव र भाकामा जबजब मानिस नामको दोपाया काम र कुरा गर्छ अनि उसको विश्वासको पहाडमा पहिरो जान्छ ।

समय र परिस्थितिअनुसार हरेक कुरामा स्वतःस्पूmर्तरूपमा परिवर्तन हुँदै जाँदो रहेछ । मानिस पनि यही परिवर्तनको सिकार भएको हो । समयले मानिसलाई बाँच्नका लागि जब चाबुक हान्छ अनि मानिस शनैःशनैः परिवर्तन भैदिन बाध्य हुन्छ । जुग खराब होइन, मानिस खराब हो । समय अचाडु नभएर मानिस अखरच्याइँदो भएको हो । समय साइँदुवा भएको होइन मानिस सस्तो भएको हो ।

परिवर्तित अवस्थामा केवल हृदयले ममन गर्न सक्नु पर्दछ । पचाउन पनि सक्नु पर्दछ । यसरी पचाउन सकिएन भने समयको तुलामा जोक्कर बन्दो रहेछ– मानिस । झट्ट हेर्दा यस्तो देखिए पनि मानिसले नै मानिसलाई अब्डेरो बनाएको हो । निचाल र वाचाल भई समय त अनन्त यात्रामा चलायमान छ । उसले कसैको हुर्मत लिएको पनि छैन । कसैको रेखोपाखो खोसेको पनि देखिँदैन ।

सबैको उपहासको पात्र बन्दो रहेछ । हाम्रा पितापुर्खाले एक चक्की सिटामोल पनि खान त धेरै परको कुरा भयो देख्न पनि नपाइकन आप्mना पूरा उमेर पार गरेरै स्वर्गवास हुनुभयो । तर अहिले आमाको गर्भमा सृष्टिको सुरूवात हुँदाको दिनदेखि अनेकानेक औषधिको सेवन गर्न विवश छन् ।

अञ्जानवश नै अबोध शिशुले धेरैभन्दा धेरै प्रकारका औषधि सेवन गरिसकेका हुन्छन् । नवजात शिशुको पौष्टिक आहाराको झन्डैझन्डै आधा हिस्सा त औषधिले ओगटेको हुन्छ । जसरी महिलालाई कम्तीमा पनि तेत्तीस प्रतिशत आरक्षण कोटा भनेर नेपालको कानुनमा भए पनि व्यवहारमा प्रयोग हुन सबै तातोपानी भनेझैँ भएको छ ।

विकासले विनाश पनि निम्त्याउँछ, यो ध्रुवसत्य कुरा हो । वर्तमान समयमा अनेकानेका विषादीको प्रयोग भएका खानेकुराहरूको प्रयोगले नयाँनयाँ किसिमका रोगहरू थपिँदोक्रम जारी छ । कतिलाई त अकालमा नै अनाहकमा स्वार्गवास पु¥याइसकेका छन् । अहिले थुप्रै नयाँ रोगमध्येको एउटा रोग हो कुम हल्लिने रोग । यो रोग वंशाणुगतरूपमा पनि सरेको होइन । जो–कोहीलाई यो रोग हत्तपत्त लाग्दैन । यो रोग लागेका रोगीले जति खाए पनि पचाउन सक्छ । चौरासी व्यञ्जन त के देशको नदीनाला, पहाड पनि पचाइदिन सक्छ ।

आम नेपालीलाई डर, धाक र धम्की दिँदै जबर्जस्तीरूपमा असुलेको अरबौं रकम पनि सजिलै पचाउन सक्छ । आप्mनै पार्टीका अन्य सदस्यहरूले जतिसुकै उफ्रीपाफ्री गरे पनि रिसले डाडुमा पानी तताएर आत्महत्या गर्ने प्रयास गरे पनि कुनै पर्वाह छैन ।

कुम हल्लिने रोगीको खान्की ठूलो । सितिमिति मानिसलाई यो रोगले छुनै सक्दैन । रोग नै डराएर भाग्छ । जो शुरो छ । सभा सम्मलेनमा ठाउँ र परिस्थितिअनुसार छेपाराले रङ्ग फेरेजस्तो गरी भाषणमा कुरा फेर्न सक्छन् । पछि गएर आपूmले भनेका सबै कुरा आफँै बिर्साउछन् । त्यस्ता महामहिमलाई यस रोगले आक्रान्त पार्दछ । ठूलाठूला सम्मेलनहरूमा वाह्वाह्को ताली परररर्अ पड्किन थालेपछि झन् कुम हल्लिने रोगले च्याप्न थाल्दछ । कुम तलमाथि तलमाथि गरेर जोडतोडका साथ हल्लिन थाल्दछ ।

प्रतिपक्षका महामहिमहरूले अनेकानेक बखेडा झिकेर कुम हल्लिने रोगको उपचारमा न्वारानदेखिको वल लगाए । भएभरको बुद्धिको प्रयोग गरे आखिर सबै बालुवामा हालेको पानी सावित भयो । न कुनै न कुनै जुक्तिले कुम हल्लिने रोगको उपचार हुन्छ कि भनेर लाख प्रयत्न गरे झन् कुम हल्लिने रोग बीसको उन्नाइस हुनुको बदला एक्काइस हुँदै बाइसतिरको बढ्यो । यो देखेर ती उपचारमा लागेका वैद्य र डाक्टरहरू त तीनछक्क मात्र परेनन् कि तेह्र छक्क परेर हुनुसम्मको जिल खाए ।

कुम हल्लिने रोगीको रोगले उसलाई त पि¥यो पि¥यो । उसका आफन्तलाई हैरानी बनायो । आप्mना पार्टीका कार्यकर्ता नेताहरूलाई समेत पार्टी छोडेर नै जानुपर्ने बाध्यता बनायो । यो कुम हल्लिने रोग लागेपछि कोहीको पनि केही नलाग्ने । ईन्द्रेको बाबु चन्द्रे आए पनि कुनै सीप नलाग्ने । भयानक रोग पो रहेछ । कुम हल्लिने रोगीको रोगका कारण मुलुकलाई खरबौं रकम स्वाहा भयो । हजारौं निर्दोष नेपाल आमाका सन्तानले अकालमा ज्यान गुमाउनु प¥यो । देश अग्रगमनको बद्लामा शताब्दीयौं पछाडि धकेलियो । नेपाली जनताले पहिलो संविधानसभाको दुई वर्षमा नयाँ संविधान पाउने आशा गरेका थिए । दुई वर्षमा त के चार वर्षसम्म पनि ती आशाहरू केवल सपनामै सीमित भए विपनामा अनुवाद हुन पाएनन् । कठै ! मेरो देशका नेताहरू र तिनको कार्यशैली ।

कुम हल्लिने रोगीका कारण मुलुकको संक्रमणकालीन अवस्था लम्बिएको हो त ? के यस्ता कुम हल्लिने रोगीको उपचारको तरिका छैनन् त ? डाक्टर, वैद्य, राजनीतिज्ञ, मनोविज्ञ कसैले पनि उनको उपचार गर्न सक्दैनन् त ? यसको अन्तिम उपाय भनेको के हो त ? सबै बसेर छलफल गरियो । कि त कुम हल्लिने रोग उग्ररूपमा बढेर जाला कि त निर्मुल नै होला भनेर उच्च जोखिमका साथ उपचारमा लागिपरे । यसको उपचार भनेको आम विज्ञ नेपालीहरू हुन् भनेर अरबौं खर्च गरेर दोस्रो संविधानसभाको निर्वाचनको घोषणा गरियो । उल्लेख्यरूपमा नेपालीहरू उपचारमा सरिक भए ।

फोटोसहितको परिचय–पत्रका कारण विगत् वर्षको भन्दा सही तौरतरिकाबाट उपचार भयो । आम नेपालीले बुझेका छन्, कुम हल्लिने रोग के कारणले लागेको हो भनेर । त्यसैलै उनीहरूले राम्रैसँग उपचार गरे । देशको ठूलो पार्टी भन्न पाउँदा पो कुम जोडजोडले हल्लिएको रहेछ । अहिले त तेस्रो ठूलो पार्टीमा खुम्चिनु पर्दा त केको कुम हल्लिनु नि । सबै उपचार भैगयो नि ।

कुम हल्लिने रोगको त उपचार भयो । अब आम नेपालीहरूले समयमा नै जनताको संविधान पाउलान् भनेको छ पुनः अर्को रोग पो लाग्न थाल्यो । कुम हल्लिने रोगको निर्मूल भयो । नयाँ रोग कुम हल्लिनेभन्दा पनि डरलाग्दो रोग लागेको छ । त्यो रोग के होला भनेर तपाईंले सहजै अनुमान लगाइसक्नु भयो होला । यदि लगाउनु भएको छैन भने एकपटक ठन्डा दिमागले सोच्नुहोस् त । उसलाई कुन रोग लाग्यो होला । उनको नयाँ रोगको नाम हो ‘घोसेमुन्टे रोग’ ।

यो रोगले देश र जनतालाई कति पिर्ने हो ? आगे त समयले बताउला । जनता दुई तिहाई पुग–नपुग भएको सरकारको कार्यशैलीलाई तिखो आँखाले नियालिरहेका छन् । हिजोबाट आजले सिक्ने हो । अनि आजले भोलिलाई सिकाउने हो । यही क्रममै सभ्यता जन्पिने र अन्मिने हुन्छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ