Rumpum Advertisement
Dazzu

दस व्यङ्ग्य हाइकूहरू

दस व्यङ्ग्य हाइकूहरू
  • रमेश नेपाली

१. ठोरीका राम,
तोरीलाउरे नेता
जनता जिल्ल !

२. कोरोना रोग,
ओम्नीका लागि झनै
फलिफाप भो ।

३. ओली–प्रचण्ड,
जनता ढाँट्ने खेल
जग हँसाइ ।

४. नयाँ नक्साले,
केही बढायो कद
जस्ताको तस्तै ।

५. नेपाल देश,
सतीले सरापेको
उखान भारी ।

६. इनफ भयो,
कोरोना टेष्ट यहाँ
रोग उकालो !

७. ओम्नी र यति,
भ्रष्टाचारका भाइ
गिद्दे नजर !

८. बोली र ओली,
एउटै तरबार
दुई धार भो ।

९. राम भरोस,
बोसीय र फ्याटीय
सीता पाइला !

१०. निर्मला पन्त,
न्याय पाइनन् कठै !
सतीको श्राप !

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ