Rumpum Advertisement
Dazzu

रतुवामाईबाट जुवा खेलिरहेको अवस्थामा १६ जना पक्राउ

रतुवामाईबाट जुवा खेलिरहेको अवस्थामा १६ जना पक्राउ

विराटनगर, ६ मंसिर । जुवा खेलिरहेको अवस्थामा प्रहरीले मोरङको रतुवामाईबाट १६ जनालाई पक्राउ गरेको छ ।

शुक्रवार राती साँढे ११ बजे रतुवामाई नगरपालिका– ८ बाट तास र जुवा खेलिरहेको अवस्थामा १६ जनालाई पक्राउ गरेको हो ।

स्थानीय सागर गडतौलाको घरमाबाट जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले एकलाख ६९ हजार ६९५ रुपैयाँ, १६ थान कौडा,, एक बुङ तास, १६ वटा मोबाइल, १९ वटा मोटरसाईकल र २ वटा कार पनि नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरुमा रतुवामाई नगरपालिका– ७ का ४७ वर्षीय डिल्लीराम चौलागाई, ३५ वर्षीय मोती पौडेल, ४३ वर्षीय रामनाथ मैनाली, ४१ वर्षीय देवीप्रसाद प्रसाई, ३७ वर्षीय रामनाथ नेपाल, ४५ वर्षीय हेमलाल प्रसाई, ४० वर्षीय नारायण चुडाल छन् ।

त्यस्तै रतुवामाई नगरपालिका– ८ का ४४ वर्षीय सन्तबहादुर राई, ३५ वर्षीय सागर गडतौला, ४५ वर्षीय दिपक ढुङगाना, ४५ वर्षीय देबराज घिमिरे, ३८ वर्षीय अशोक भट्टराई, ३९ वर्षीय राजन हस्ता सतार, ४५ वर्षीय गोपी पराजुली, ३६ वर्षीय रबिन पोखरेल र बेलबारी नगरपालिका– ७ का २२ वर्षीय गणेश श्रेष्ठ रहेका छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ