Rumpum Advertisement
Dazzu

इनफ इज इनफ

इनफ इज इनफ
आरम्भ कौडिन्य

कस्तो रोग आयो बरै, कोरोनाको भेसमा
गरिब जाति मार्ने गरी नेपाल हाम्रो देशमा ।। १

बुहान भयो यस्को मुहान, फैली विश्व ढाक्यो
संसारका मै हुँ भन्ने, शक्तिशाली थाक्यो ।। २

स्कुल, बेपार, उद्योगधन्दा खेतीपाती ठप्प
जताततै आतङ्क छ, भयले थिच्यो धप्प ।। ३

शासकले जनतालाई ढाँटी बोले झुट
मानवताको नाता चाहिँ कहिले नटुट ।। ४

गरिब देशका सरकार, दही चिउरे भाका
राहत छैन जनतालाई, भोकभोकै रहेका ।। ५

चार महिना लडडाउन, जनताको दुःख
सरकार चाहिँ आफूखुसी सत्ता खोजमा सुख ।। ६

कोरोनाले आफू पछि बोलाएछ सलह
अभाव र अशान्तिबीच भरिएछ कलह ।। ७

आरडीटी र पीसीआरको विवाद भई रा’छ
जनताले बालुवाटार घेर्न लागिरा’छ ।। ८

हिजो जनता रेमिट्यान्स पठाउँथ्यो देशमा
अहिले सरकार बैरी भा’छ गरिबमैत्री भेषमा ।। ९

प्रचण्ड र ओलीबीच वार्ता भइरा’छन्
माकुने र खनाल चाहिँ भद्रो हेरी बस्छन् ।। १०

बाढी, पहिरो पस्यो, अब जनताको घरमा
अर्थमन्त्री आस गर्छन्, जनताकै करमा ।। ११

नेता जति लेता भए, लिजेण्ट जति एजेण्ट
धेरै दुःख भयो अब, इनफ इज इनफ ।। १२

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ