Rumpum Advertisement
Dazzu

पाँच मुक्तकहरू

पाँच मुक्तकहरू
उद्धव अविचल

न उपचार छ तिमीबाट, घाउ आलो मात्र बनुँ र म कति ?
तिमी प्रेम चोर्दै हिँड्छौ बेकार गोठालो मात्र बनुँ र म कति ?
न खेती हुन्छ तिम्रो मुटुभित्र, न उम्रन्छन् पिरतीका टुसा कतै
व्यर्थ यो माया रोप्ने बहानामा, कोदालो मात्र बनुँ र म कति ?

***

केकले आफू काटिएर जन्मदिन मनाउनुमा मज्जा देख्यो,
हात्तीपाइले लागेपछि गरिबले मोटाउनुमा मज्जा देख्यो ।
नचिनिकनै बिहेमा सालीले जुत्ता लुकाएको त्यो दिनबाट
उसले केही चिज पाउनुभन्दा गुमाउनुमा धेरै मज्जा देख्यो ।

***

भन कुन ठाउँ जहाँ आकास हुँदैन,
हो, त्यहाँ मलाई तिम्रो विश्वास हुँदैन ।
अस्मिता जोगाउन कति कुद्ने हो र !
याद गर, चितामा कहिल्यै सहवास हुँदैन ।

***

तिम्रो खानामा कि दाल कि त अचार हुनुपर्छ,
नत्र साझा सवाल यसरी नै लगातार हुनुपर्छ ।
कसरी कुमारी केटीले आमा बन्ने आँट गरिछे ?
लाग्छ कि त प्यार, कि त बलात्कार हुनुपर्छ ।

***

तिमी तारा जस्तै लाग्छ
तिमी जून जस्तै लाग्छ ।
भगेँराले रजाइँ गर्ने बिस्कुन जस्तै लाग्छ
सधैँ फरक लठ्ठी बोकी पिरतीको भेल तर्दा,
जसले पनि प्रयोग गर्ने साबुन जस्तै लाग्छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ