Rumpum Advertisement

काठमाडौंको कोसेली लप्सीको क्यान्डी

काठमाडौंको कोसेली लप्सीको क्यान्डी

विराटनगर, ६ मंसिर । दक्षिणकाली नगरपालिका–८, छैमलेका उत्तमप्रसाद आचार्यको घरेलु उद्योगमा यतिबेला लप्सी क्यान्डी बनाउन भ्याइनभ्याई छ ।

गाउँबाट आउने कामदार दशैँ, तिहारको तयारीमा व्यस्त रहेकाले आएका छैनन् तर गोरखाका तिलकबहादुर बराम, राजकुमार बराम र मनकाजी बराम सबेरै उठेदेखि साँझसम्म क्यान्डी बनाउन खटिएका छन् ।

कामदारलाई लप्सीका लेदो फ्रेममा हालेर तयार गर्ने, घाम लागेपछि सुकाउने र दिउँसोदेखि साँझसम्म तयार भएका लप्सीका थरीथरीका पातोलाई क्यान्डीमा रूपान्तरण गर्न भ्याइनभ्याई हुन्छ ।

दक्षिणकाली फुड प्रोडक्ट नाममा एक थरी लप्सीका सातथरी क्यान्डी बनाउने गरेको उद्योगी उत्तमप्रसाद आचार्यले बताए ।

अमिलो, पिरो, गुलियो, नुनिलो, मसला मिसाएको गरी विभिन्न स्वादमा लप्सीका क्यान्डी उनकोमा पाइन्छ ।

काठमाडौंबाट बाहिर जानेले कोसेलीको रुपमा लप्सीको क्यान्डी मन पराउन थालेपछि क्यान्डी बनाउन भ्याई नभ्याई भएको हो । दक्षिणकाली नगरपालिका अचेल लप्सी क्यान्डीका लागि चर्चित बनेको हो ।

कोरोना सङ्क्रमणका कारण लामो समय बन्द रहेको क्यान्डी उद्योग बिस्तारै जाग्दै छन् । बजार पसल खुल्ने तथा चाडबाडको मेसो आएसँगै उद्योग खुल्न थालेका हुन् ।

काठमाडौँबाट बाहिर जानेले कोसेलीका रूपमा लप्सीका क्यान्डी बढी घर लैजान्छन् । त्यही भएर यतिबेला माग बढ्दो रहेकाे खबर आजकाे गाेरखापत्र दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ