Rumpum Advertisement

नेपालबाट सीमापार रेल सञ्चालनको तयारी

नेपालबाट सीमापार रेल सञ्चालनको तयारी

विराटनगर, ६ मंसिर । नेपालमा सीमापार रेल सेवा सञ्चालनको तयारी सुरू भएको छ । जनकपुर– जयनगर रेल सेवा सञ्चालन गर्न सीमापार रेलमार्ग सहकार्य सम्बन्धी भारत–नेपाल संयुक्त कार्यदलबीच छलफल सुरु गरेको हो ।

कार्यदलको चौथो बैठकले सीमापार जयनगर–जनकपुरसम्म रेल सेवा सुचारु गर्न स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्योर ( एसडीपी) का लागि छलफल सुरु भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले जानकारी दिए । यसले रेल सञ्चालन गर्न कार्यविधि बनाउने छ ।

कार्यविधिबारे भारतले प्रस्ताव गरेको विषयमा नेपालले केही परिमार्जनको प्रस्ताव राखेको उनले जानकारी दिए ।

बैठकले जयनगर–विजलापुर–बर्दिबास र जोगबनी–विराटनगरको बीचमा अगाडि बढिरहेको सीमापार रेलमार्ग परियोजनाको समीक्षाका गर्दै यात्रुबाहक रेल सेवा सञ्चालन गर्न भारतको जयनगरदेखि नेपालको जनकपुर कुर्थासम्म ३४ किलोमिटर लामो रेलमार्गको प्राविधिक तयारी गरिएको सचिव श्रेष्ठले बताएको खबर आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ