Rumpum Advertisement

उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि समापन भयो छठ

उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि समापन भयो छठ

विराटनगर, ६ मंसिर । उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन भएको छ ।

शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका ब्रतालुले आज बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन भएको हो ।

कोरोना महामारीका कारण यो वर्ष सामान्य ढंगले छठ मनाइएको थियो । विराटनगरमा घाटमा सर्वसाधारणको उपस्थीति पातलो थियो । ब्रतालुले घरमै जलकुण्ड बनाएर छठको पूजा आराधाना गरेका छन् ।

छठघाटमै गएर शिरसोप्ताको पूजा, छठी मैयाको आराधना र सूर्यको उपासना गर्ने कतिपयले यसवर्ष घरको छत र आँगनमै पर्व मनाएका हुन ।

कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै स्थानीय प्रशासन र स्थानीय सरकारले छठघाटमा भिडभाड नगर्न आग्रह गरेको थियो ।

कात्तिक शुक्ल षष्ठी र सप्तमीका दिन सूर्यलाई विशेष विधिपूर्वक अर्घ्य दिएर छठ पर्व मनाइन्छ । ‘सँझिया घाटे’ भनिने षष्ठीको दिनलाई छठको मुख्य दिन मानिन्छ ।

छठ पर्व विशेष गरी नेपालको मध्य र पूर्वी तराईमा मनाईने गरिएको भएपनि पछिल्लो समयमा काठमाडौं, हेटौंडा, चितवन लगायतका केही पहाडी र भित्रि मधेशका जिल्लामा समेत उल्लासका साथ मनाउने गरिन्छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ