Rumpum Advertisement
Dazzu

अमेरिकामा एकै दिन दुई लाख बढी थपिए संक्रमित, १९ सयकाे मृत्यु

अमेरिकामा एकै दिन दुई लाख बढी थपिए संक्रमित, १९ सयकाे मृत्यु

विराटनगर, ६ मंसिर । अमेरिकामा एकै दिन दुईलाख भन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना महामारीको केन्द्रबिन्दु अमेरिकामा दुईलाख एक हजार कोरोना संक्रमित थपिएका हुन । साेही अवधीमा संक्रमणका कारण अमेरिकामा एक हजार ९५१ जनाको मृत्यु भएको छ ।

यो सँगै अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड २२ लाख ७४ हजार नाघेको छ । २ लाख ६० हजारको संक्रमणकै कारण मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख ५९ हजार कोरोना संक्रमित थपिए । जसमध्ये सबैभन्दा बढी अमेरिकामा दुई लाखको रिपोर्ट पोजेटिभ आएको वोल्डोमिटरको तथ्याङकमा उल्लेख छ । पछिल्लो २४ घण्टामा ११ हजार ८५ जना कोरोना संक्रमितको मृृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ४६ हजार, ब्राजिलमा ३७ हजार, फ्रान्समा २२ हजार, बेलायतमा २० हजार र इटालीमा ३७ हजार नयाँ संक्रमित थपिएका छन् ।

विश्वमा संक्रमितको संख्या ५ करोड ७८ लाख ९५ हजार पुगेको छ । १३ लाख ७६ हजारको संक्रमणका कारण मृत्यु भएको छ । संक्रमित मध्ये ४ करोड ९७ हजार संक्रमण मुक्त भएका छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ