Rumpum Advertisement

नेयमार मैदान फर्किएको खेलमा पीएसजी पराजित

नेयमार मैदान फर्किएको खेलमा पीएसजी पराजित

विराटनगर, ६ मंसिर । फ्रेन्च लिग वानमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले पराजय ब्यहोरेको छ । शुक्रबार राति भएका खेलमा पीएसजी मोनाकोसँग ३–२ गोलले स्तब्ध भएको हो ।

मोनाकोको मैदानमा पीएसजीले सुरुआती अग्रता बनाएको थियो । खेलको २५औं मिनेटमा किलियन एम्बाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ३७औं मिनेटमा पीएसजीले पेनाल्टीको मौका पायो, जसमा एम्बाप्पेले गोल गर्दै पहिलो हाफभरि २–० गोलको अग्रता दिलाए ।

खेलको ५२औं मिनेटमा मोनाकोका केभिन भोलान्डले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरे । ६५औं मिनेटमा भोलान्डले दोस्रो गोल गरेपछि मोनाको बराबरीमा फर्कियो ।

खेलको ८३औं मिनेटमा पीएसजी १० खेलाडीमा सीमित भयो । पीएसजीका अबडौ डायल्लोले रातो कार्ड पाउँदै मैदान छोडे । र, मोनाकोले पेनाल्टीको मौका पायो । जसमा, सेस फाब्रेगासले गोल गर्दै मोनाकोलाई ३–२ गोलले जिताए ।

यस खेलबाट ब्राजिलियन स्टार नेयमार मैदान प्रवेश गरेका थिए । नेयमारले चोटका कारण लामो समययता पीएसजीका लागि खेल्न पाएका थिएनन् । तर, यस खेलबाट उनी मैदान फर्किए ।

यस जितसँगै मोनाको दोस्रो स्थानमा उक्लिएको छ । उसले ११ खेलबाट २० अंक बनाएको छ । शीर्ष स्थानको पीएसजीसँग २४ अंक छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ