Rumpum Advertisement
Dazzu

‘युरोपले अझै ६ महिना कठिन परिस्थितिको सामना गर्नुपर्छ’

‘युरोपले अझै ६ महिना कठिन परिस्थितिको सामना गर्नुपर्छ’

विराटनगर, ५ मंसिर । विश्व स्वास्थ्य संगठनले युरोपमा अझै ६ महिना कोरोना महामारी कठिन अवस्थामा पुग्ने चेतावनी दिएको छ । पछिल्लो समय युरोपमा संक्रमणको दोस्रो लहर सुरु भएको छ ।

कोरोना भाईरसको बढदो संक्रमणको आंकलन गर्दै आगामी ६ महिना कठिन परिस्थितिको सामना गर्नुपर्ने संगठनले चेतावनी दिएको हो ।

डब्लुएचओ युरोपका निर्देशक हंस क्लुगेको अनुसार गतहप्ता युरोपमा मात्र २९ हजार कोभिड १९ संक्रमितको मृत्यु भएको छ । तर कोरोना भाईरस संक्रमण नियन्त्रणको लागि युरोपको धेरै मुलुकहरुमा लकडाउन र निषेधाज्ञा जारी गरेका कारण संक्रमण नियन्त्रणमा केही सहज हुने बताएको छ ।

डब्लुएचअको तथ्यांक अनुसार युरोपमा हालसम्म १ करोड ५७ लाख ३८१७९ बढीमा संक्रमण पुष्टी भइसकेको छ । ३ लाख ५४ हजार १५४ मानिसले ज्यान गुमाएका छन् । यसरी धेरै संक्रमण र मृत्युको ठूलो संख्या रसिया, फ्रान्स, स्पेन, इटाली र जर्मनमा छन् । युरोपको युकेमा मात्र ५३८७० जना संक्रमितको मृत्यु भएको छ । फ्रान्समा ४७ हजार बढीको मृत्यु भएको छ ।

‘युरोप फेरि संयुक्त राज्य अमेरिकाको हाराहारीमै महामारीको केन्द्रविन्दु भएको छ’ लुगेले डेनमार्कको कोपेहेगनमा पत्रकार सम्मेलनमा भने ।

हाल भ्यासिन निर्माण कार्यमा भएको प्रगतिलाई संकेत गर्दै उनले अझै ६ महिना कठिन समय सामना गर्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ