Rumpum Advertisement
Dazzu

महारानीको वर्षगाँठमा ७३ वर्ष पुरानो चिनो

महारानीको वर्षगाँठमा ७३ वर्ष पुरानो चिनो

विराटनगर, ५ मंसिर । नेपालका उच्च पदस्थ व्यक्तिको जन्मदिन, बैवाहिक वर्षगाँठ वा अन्य उत्सवमा ठूलो तामझाम हुन्छ ।

उदारणका रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनको कार्यक्रमलाई हेर्न सकिन्छ । तर विश्वको शक्तिशाली मुलुक बेलायतमा महामारीले सामान्य रुपमा वर्षगाठ मनाएकी छन् । बेलायतका पिन्स प्रिन्स पिलिप र महारानी एलिजाबेथले सामान्य रुपमा ७३ औं वर्षगाठ मनाए ।

७३ औं बैवाहिक वर्ष गाँठको अवसरमा पनाती जोर्ज, शार्लोट र लुइसबाट पाएको शुभकामना सन्देश पढेर वर्षगाठ मनाए थिए ।

परिवारद्धारा कुनै कार्यक्रम आयोजना गरिएन् । क्याम्ब्रिजमा रहेका उनका छोराहरुले पठाएको कार्डलाई दुवैजना मिलेर हेरिरहेको थिए । प्रिन्स जर्ज, राजकुमारी चार्लोट र दुई बर्षे राजकुमार लुईसले शुभकामना कार्डलाई रंगिन बनाउन घण्टौ समय लगाएको बताइएको छ ।

उक्त कार्डमा रातो, निलो, पहेंलो, हरियो र वैगुनी रंगहको प्रयोग गरिएको थियो । महारानी एलिजाबेथले ७३ वर्ष अघि प्रयोग गरेको हिराको टुक्रा प्रयोग गरिन् । प्लैटिनममा राखिएको हिराको टुक्रा सन् १९४७ मा हेम्पसाईरको ब्रोडल्याण्डमा हनीमुनमा जाँदा पहिरिएकी थिइन ।

उनले सोही प्लैटिनममा जडित हिरा २००७ मा मनाएको ६० औं विहाव वर्ष गाँठमा लगाएकी थिएन भने यस पटकको ७३ औं बर्षगाँठमा ७३ वर्ष अघिको सम्झना स्वरुप सोही प्लैटिनममा जडित हिरा लगाएकी थिइन ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ