Rumpum Advertisement
Dazzu

प्रदेशमा २० हजारले जिते कोरोना, २०७ संक्रमित थपिए

प्रदेशमा २० हजारले जिते कोरोना, २०७ संक्रमित थपिए

विराटनगर, ५ मंसिर । प्रदेश १ मा कोरोना मुक्त हुनेको संख्या २० हजार २२६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४४७ जना संक्रमण मुक्त भएसँगै कोरोना मुक्त हुनेको संख्या २० हजार २२६ पुगेको हाे ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २४ हजार ९४१ पुगेको छ । शुक्रबार २०७ जना कोरोना संक्रमित थपिएसँगै संक्रमितकाे संख्या २४ हजार ९४१ पुगेकाे हाे ।

मोरङ ७१, सुनसरीमा ५७, संखुवासभामा ३४, झापामा २८, ते¥हथुम र उदयपुरमा ३–३, इलाम र धनकुटामा २–२ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ५०, रतुवामाई र रंगेलीमा ५–५, ग्रामथान, कटहरी, सुन्दरहरैचा, केराबारी, बेलबारी र सुनबर्षीमा १–१ र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीको धरानमा ३८, इटहरीमा १४, इनरुवामा ३, बराहक्षेत्र र कोशी गाउँपालिकामा १–१ जना संक्रमित थपिएका छन् ।

संखुवासभाको खाँदबारीमा ३२, मकालु र सिलिचोङमा १–१, झापाको दमक र विर्तामोडमा ५–५, गौरादह, भद्रपुर, अर्जुनधारा र मेचीनगरमा ३–३, कनकाईमा २, बुद्धशान्ति, हल्दिबारी र कमल गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका १ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तेह्रथुमको म्याङलुङमा ३, उदयपुरको चौदण्डीगढीमा २ र उदयपुरगढीमा १, इलामको इलाम नगरपालिका र सुर्योदयमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा २, र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको छ ।

प्रदेश १ मा आज ७७४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७६ महिला र १३१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ८२ हजार १३७ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।