Rumpum Advertisement
Dazzu

विराटनगर विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न स्वीकृति

विराटनगर विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न स्वीकृति

काठमाडौं, ५ मंसिर । सरकारले विराटनगर विमानस्थलका लागि १ सय २६ दशमलव ४६ विगाहा जग्गा अधिग्रहण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति दिएको छ ।

शुक्रबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता सञ्चार तथा सूचनाप्रविधिमन्त्री पार्वत गुरुङले विराटनगर विमानस्थलका लागि १ सय २६ दशमलव ४६ विगाहा जग्गा अधिग्रहण गर्न प्राधिकरणलाई स्वीकृति दिएको बताए ।

उनका अनुसार सुर्खेत विमास्थलका लागि पनि ३० विगाह जग्गा अधिग्रहण गर्न प्राधिकरणलाई स्वीकृति दिइएको छ ।

यसैगरी अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी समितिको अध्यक्षमा उद्धवप्रसाद तिमल्सेनालाई नियुक्त गर्ने पनि सरकारले गरेको उनले बताए ।

यस्तै स्वास्थ्य संस्था प्रत्यासन सम्बनधमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि सरकारले गरेको छ ।

यसैगरी सरकारले आवश्यक सेवामा हड्ताल गर्न निषेध गरी आदेशसहितको सूचना राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि गरेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ