Rumpum Advertisement
Dazzu

विश्वबैंकबाट १८ करोड सहुलियतपूर्ण ऋण सहायता रकम लिने मन्त्रिपरिषद्को निर्णय

विश्वबैंकबाट १८ करोड सहुलियतपूर्ण ऋण सहायता रकम लिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, ५ मंसिर । नेपालको शहरी शासकीय सुधार र पूर्वाधार आयोजनाका लागि विश्वबैंकले प्रस्ताव गरेको १८ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता रकम स्वीकार गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचनाप्रविधिमन्त्री पार्वत गुरुङले शुक्रबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै विश्वबैंकले प्रस्ताव गरेको १८ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता रकम स्वीकार गर्ने निर्णय भएको बताए ।

यस्तै सहलगानी सम्बन्धी कार्यविधि २०७७ र व्यवसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ पनि मन्त्रिपरिषदले स्वीकृति गरेको उनले बताए ।

यसैगरी लामो समयदेखि गैर कानूनी रुपमा नेपाल बसिरहेका अष्ट्रलियन नागरिक लेस्ली डेन्गेटले बुझाउनुपर्ने विलम्ब शुल्क १२ हजार ७ सय ३० अमेरिकी डलर र जरिवाना बराबरको ५० हजारसमेत मिनाहा गरी देश निकाला गरेको छ ।

यस्तै यमन गणज्यका नागरिकहरू मोहम्मद स्मेल अहमद ओवादी र नासिम स्मेल अहमद ओवादीले बुझाउनुपर्ने भिसा दस्तुर ३ हजार ६६ अमेरिकी डलर, विलम्ब शुल्क ५ हजार ११० अमेरिकी लडर र जरिवानावाफतको १ लाख समेत मिनाहा गरी दुवै जनालाई देश निकाला गर्ने निर्णय पनि सरकारले गरेको छ ।

यस्तै नेपाली प्रहरी र प्रदेश प्रहरकिो संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०७७ स्वीकृत भएको छ ।