Rumpum Advertisement

पोपको इन्स्टाग्राम अकाउन्टबाट अर्धनग्न तस्बिर लाइक भएपछि…

पोपको इन्स्टाग्राम अकाउन्टबाट अर्धनग्न तस्बिर लाइक भएपछि…

विराटनगर, ५ मंसिर । पोपको आधिकारिक इन्स्टाग्राम अकाउन्टबाट अर्धनग्न तस्बिर लाइक भएपछि अनुसन्धान सुरु हुने भएको छ ।

पोपबाट त्यस प्रकारको फोटो लाइक हुन नसक्ने भन्दै भ्याटिकनका अधिकारीले यो कसरी भयो भनेर अनुसन्धान सुरु गरेका हुन् ।

बीबीसीमा उल्लेख गरेअनुसार पोप फ्रान्सिसको अकाउन्टबाट ब्रजिलकी एक मोडलको अर्धनग्न तस्बिर लाइक भएपछि भ्याटिकनले अनुसन्धान सुरु गरेको बताएको हो ।

भ्याटिकनका एक प्रवक्ताले इन्स्टाग्रामसँग यस विषयमा जानकारी मागेको बताएका छन् । पोपको आधिकारिक इन्स्टाग्राम अकाउन्टलाई ७४ लाख मानिसले फलो गरेका छन् ।

पोपको अकाउन्ट कर्मचारीको एक समूहले चलाउने हुँदा एउटा आन्तरिक अनुसन्धान सुरु गरिएको छ ।

उनको अकाउन्टबाट नातालिया गरिबोट्टोको अर्धनग्न तस्बिर लाइक भएको थियो । यो कसरी भयो भन्ने स्पष्ट छैन । गत शुक्रवार उक्त खबरसम्बन्धी समाचार प्रकाशित हुन थालेपछि पोपको अकाउन्टबाट सो तस्बिरलाई अनलाइक गरिएको छ ।  

मोडल गरिबोट्टोले भने सो घटनाबारे ट्वीट गर्दै कम्तीमा आफू स्वर्ग जाने निश्चित भएको भनेर लेखेकी छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ