Rumpum Advertisement
Dazzu

काठमाडौं उपत्यकामा आज ११ सय ७ संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ११ सय ७ संक्रमित थपिए

काठमाडौं, ५ मंसिर । काठमाडौं उपत्यकामा शुक्रबार थप ११ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा काठमाडौंमा ८ सय ६२, भक्तपुरमा ७१ र ललितपुरमा १ सय ७४ जना नयाँ संक्रमित थपिएको जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १९ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै संक्रमितको संख्या दुई लाख १६ हजार ९६५ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ ।

शुक्रबार एकै दिन थप ५ हजार ३६४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । यससँगै कोरोनामुक्त हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ ।

शुक्रबार थप २२ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ