Rumpum Advertisement
Dazzu

शुक्रबार एकै दिन ५ हजार ३६४ जना कोरोनामुक्त

शुक्रबार एकै दिन ५ हजार ३६४ जना कोरोनामुक्त

विराटनगर, ५ मंसिर । नेपालमा शुक्रबार एकै दिन थप ५ हजार ३६४ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ५ हजार ३६४ जना कोरोनाबाट मुक्त भएको जनाएको हो ।

यससँगै कोरोनामुक्त हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १९ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै संक्रमितको संख्या दुई लाख १६ हजार ९६५ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ ।

शुक्रबार थप २२ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ सय ९८ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ