Rumpum Advertisement
Dazzu

तनहुँका एकसहित पोखरामा एकै दिन सात संक्रमितको मृत्यु

तनहुँका एकसहित पोखरामा एकै दिन सात संक्रमितको मृत्यु

पोखरा, ५ मंसिर । पोखरामा तनहुँका एकसहित थप सात जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँका १ सहित पोखरामा थप ७ जनाको कोरोनाबाट मृत्यु भएको हो ।

पोखारा २७ का ७१ वर्षीय संक्रमितको बिहीवार राति १ः४० बजे पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको हो । यस्तै पोखरा ८ का ५४ वर्षीय पुरुषको आज बिहान ३ः३० बजे गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मृत्यु भएको हो ।

यसैगरी पोखरा ९ का ६८ वर्षीय पुरुष बिहीबार राति ११ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएकाे हाे भने पोखरा २१ का ७५ वर्षीय पुरुषको बिहीबार राति ११ः२० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको हो ।

त्यस्तै पोखरा-१७ का २९ वर्षीय पुरुषकाे शुक्रबार दिउँसो साढे १२ बजे उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएकाे हाे भने पोखरा-१३ का ५५ वर्षीय पुरुषको शुक्रबार बिहान ४ः१५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो ।

तनहुँका १ जनाको समेत पोखरामा नै कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५१ वर्षीय ती पुरुषको कोरोना संक्रमणबाट गण्डकी मेडिकल कलेजमा आज बिहान साढे ९ बजे ज्यान गएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय ३८ पुगेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ