Rumpum Advertisement

झापामा कोरोनाबाट ९० जनाको मृत्यु, संक्रमितको संख्या तीन हजार नाघ्यो

झापामा कोरोनाबाट ९० जनाको मृत्यु, संक्रमितको संख्या तीन हजार नाघ्यो

झापा, ५ मंसिर । झापामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या ९० पुगेकाे छ । बिहीबार साँझसम्म झापामा कोरोना संक्रमणका कारण ९० जनाको मृत्यु भएकाे जिल्ला स्वास्थ्य कार्यालयले जनाएकाे छ ।

यसैगरी झापामा संक्रमितको संख्या तीन हजार नाघेको छ । झापामा तीन हजार एक सय ६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन जीवन चौलागाईले बताए ।

संक्रमितमध्ये एक हजार नौ सय ८५ जना उपचारपछि घर फर्किएका छन् भने एक हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । झापामा ३२ हजार जनाको पीसीआर परीक्षण गरिएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ