Rumpum Advertisement
Dazzu

कोरोना कहर : क्यालिफोर्नियामा घरबाट बाहिर ननिस्कन आदेश

कोरोना कहर : क्यालिफोर्नियामा घरबाट बाहिर ननिस्कन आदेश

क्यालिफोर्निया, ५ मंसिर । अमेरिकाको क्यालिफोर्निया राज्यमा मानिसलाई घरमै बस्न आदेश दिइएको छ ।

कोरोना भाइरसको संक्रमण अत्यधिक वृद्धि हुँदै गएको भन्दै क्यालिफोर्नियाको सार्वजनिक स्वास्थ्य विभागले अत्यावश्यक कामबाहेक अन्य अवस्थामा घरबाहिर ननिस्कन जारी गरेको आदेशमा उल्लेख गरिएको छ ।

शनिबारदेखि लागू हुने आदेश आगामी डिसेम्बर २१ तारिखसम्म कायम रहने र आवश्यकताअनुसार फेरि थप हुनसक्ने अधिकारीहरूले जनाएका छन् ।

क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले भने, “हाम्रो राज्यमा महामारी बढ्दै गइरहेको छ, केही हप्ता जटिल र संकटपूर्ण हुने देखिएको छ, त्यसैले हामी सबैले उच्च सतर्कता अपनाउन आवश्यक छ ।” रासस

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ