Rumpum Advertisement
Dazzu

संंक्रमित दुई भारतीय नागरिकको विराट र नोबेलमा मृत्यु

संंक्रमित दुई भारतीय नागरिकको विराट र नोबेलमा मृत्यु

विराटनगर, ५ मंसिर । कोरोना संक्रमणबाट विराटगरमा दुईजना भारतीय नागरिकको मृत्यु भएको छ । विराट मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा एक–एकजनाको मृत्यु भएको हो ।

शुक्रबार विराटमा भारतको साहेवगञ्ज घर भएका ७० वर्षीय वृद्धको मृत्यु भएको हो । बुधबार श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उनलाई उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई बिहीबार कोरोना पुष्टि भएको हो । मृतकमा स्वास्थ्यसम्बन्धी कुनै पुरानो समस्या थियो कि थिएन भन्ने यकिन भइनसकेको अस्पतालका आइसोलेशन प्रमुख सुनिल देवले बताए ।

कोरोनाका कारण नेपाल–भारत सीमामा आवतजावत गर्न रोक लगाउँदै नाका सिल गरिएको अवस्थामा उनी कसरी नेपाल छिरे भन्ने खुल्न सकेको छैन ।

यसअघि नोबेल मेडिकल कलेजमा भारतीय नागरिकको मृत्यु भएको थियो । अरुण तेस्रो जलविद्युत आयोजनामा कार्यरत ४५ वर्षीय भारतीय नागरिकको २९ कात्तिकमा मृत्यु भएको थियो ।

उनलाई २५ कात्तिकमा कोरोना पोजेटिभ देखिएको थियो । उपचारका क्रममा मृत्यु भएपनि उनको शव आफन्तले भारत लैजान पाएनन् ।

भारतीय प्रशासनले अनुमति नदिएपछि मृतकको अन्त्यष्टि विराटनगरमा नै भएको प्रहरीले जानकारी दिएको छ ।