Rumpum Advertisement
Dazzu

कञ्चनपुरमा वडाध्यक्ष रुखमा झुण्डिएको अवस्थामा फेला

कञ्चनपुरमा वडाध्यक्ष रुखमा झुण्डिएको अवस्थामा फेला

कञ्चनपुर, ५ मंसिर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका-५ का वडाध्यक्ष कृष्णबहादुर रोकाया रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

शुक्रबार बिहान ५५ वर्षीय रोकायाको शव सोही वडास्थित किसान मध्यवर्ती वनभित्र रुखमा झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार घरभन्दा करिब एक किलोमिटर टाढाको जंगलमा झुन्डिएको अवस्थामा वडाध्यक्ष रोकायाको शव फेला परेको हो ।

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ