Rumpum Advertisement
Dazzu

पोखरामा पछिल्लो १२ घण्टायता थप चार संक्रमितको मृत्यु

पोखरामा पछिल्लो १२ घण्टायता थप चार संक्रमितको मृत्यु

पोखरा, ५ मंसिर । कास्कीको पोखरामा पछिल्लो १२ घण्टायता थप चार कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ४ जनाको मृत्यु भएको अस्पतालका सह प्राध्यापक डा. अर्जुन आचार्यले जानकारी दिए ।

मृत्यु हुनेमा पोखराका चार पुरुष छन् । पोखरा ९ का ६८ वर्षीय पुरुषको बिहीबार बेलुका ११ बजे मृत्यु भएको हो भने पोखरा २१ का ७५ वर्षीय पुरुषको गए राति ११ः२० बजे मृत्यु भएको हो ।

यसैगरी गए राति १२ः३० पोखरा १७ का २९ वर्षीय पुरुषको मृत्यु भएको हो भने बिहान ४ः१५ बजे पोखरा १३ का ५५ वर्षीय पुरुषको ज्यान गएको हो ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ