Rumpum Advertisement
Dazzu

सडक निर्माणमा कमसल काम

सडक निर्माणमा कमसल काम

रंगेली, ५ मंसिर । मोरङको रंगेलीमा सडक कालोपत्रे गर्ने क्रममा कमसल काम गरेको पाइएको
छ ।

रंगेली नगरपालिका– ७ स्थित मालपोत कार्यालय अगाडिको बाटोको काममा कमसल काम भएको हो ।

सडक कालोपत्रे बनाउनका लागि नगरपालिकाले ९० लाख ३५ हजार ५ सय ९४ रुपैयाँमा निकिता एण्ड राज कन्ट्रक्सन सप्तरीलाई ठेक्का दिएको थियो ।

निकिताले २०७६ असार २० गते निर्माण सम्पन गर्ने सम्झौता गरेपनि समयमा काम सम्पन्न भएन ।

पछिल्लो समय भने कालोपत्रेका लागि कमसल काम भएको पाइएको हो । कालोपत्रे गर्नुअघि प्राइम कोड (अलकत्र) छरिन्छ । तर प्राइमकोड गर्ने काम कमसल भएको स्थानीय किशन सोनीले बताए ।

ठेक्केदार प्रतिनिधि दिनेश साह यस विषयमा बोल्न चाहेनन् ।

यता, रंगेली नगरपालिका प्रमुख दिलीप बगडियाले ठेक्केदारलाई पुनः सडकमा जमेको माटो र धुलो हटाएर प्राइम कोड नलगाएसम्म अगाडिको काम नगर्ने निर्देशन गरिएको बताए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ