Rumpum Advertisement
Dazzu

प्रहरीको हिरासतमा रहेका थुनुवाले गरे आत्महत्या

प्रहरीको हिरासतमा रहेका थुनुवाले गरे आत्महत्या

नेपालगञ्ज, ५ मंसिर । जिल्ला प्रहरी कार्यालयमा बाँकेको हिरासतमा रहेका थुनुवाले आत्महत्या गरेका छन् ।

प्रहरी हिरासतमा रहेका बाँके वनकटीका बाबुलाल रैदासले शुक्रबार बिहान साढे ५ बजे आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रैदास शौचालयको भेन्टिलेटरमा झुन्डिएको अवस्थामा फेला परेको बाँके प्रहरी प्रमुख एसपी ओम रानाले बताए ।

घटनाको बारेमा बाके प्रहरी, डक्टर, मानवअधिकारकर्मी लगायतको टोलीले अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

बालक अपहरण काण्डमा हिरासतमा रहेका रैदासलाई प्रहरीले ज्यान मुद्दामा असुन्धान गरिरहेको थियो । तत्कालीन भूमिगत समूह तराई जनतान्त्रिक मुक्ति मोर्चा (ज्वाला सिंह) समूहमा आवद्ध रहेर रैदासले विभिन्न अपराधिक क्रियाकलाप गर्दै आएका थिए ।

उनी त्यसअघि पनि हातहतियार तथा खरखजना मुद्दामा ८ वर्ष जेल सजाय पाएका ब्यक्ति भएको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ