Rumpum Advertisement
Dazzu

नक्कली परेला लगाउँदा आँखाको दृष्टि गुम्यो

नक्कली परेला लगाउँदा आँखाको दृष्टि गुम्यो

विराटनगर, ५ मंसिर । सुन्दर देखिनको लागि लगाइएको नक्कली परेलाका कारण एक महिलाको आँखाको दृष्टि गुमेकाे छ ।

ब्राजिलियन राज्य रोन्डोनियाको राजधानी पोर्टो वेल्हो सहरको ४१ वर्षकी महिलाको नक्कली परेला हाल्ने क्रममा परेला टास्ने गम आखाँमा खसेपछि एउटा आखाँले देख्न छाडेको तथा अर्को आखाँमा पनि क्षति भएको हो ।

उक्त महिलाको पहिचान खुलाइएको छैन । उक्त महिलाले आफ्नो दाग लागेको अनुहारको तस्बिर शेयर गर्दै एउटा आखाँको दृष्टि पूर्ण रूपमा र अर्कोमा आंशिक रूपमा दृष्टि गुमेको बताएकी छन् ।

नक्कली परेला टाँस्नका लागि प्रयोग गरिने गम उनको आँखामा खसेको थियो ।

महिलाले पुलिसलाई दिएको बयानअनुसार आँखाभित्र गम परेपछि उनलाई तुरुन्तै कठोर पीडा महशूस भयो ।

ब्युटीशियनले उनलाई अस्पताल लानुको सट्टा एक गिलास पानी मात्र दिएकी थिएन् । महिलाले घर जाने निर्णय गरेपनि पीडा नरोकिएको कारण उनी उपचारको लागि स्वास्थ्य क्लिनिक गइन् ।

डाक्टरका अनुसार उनी तत्काल उपचारका लागि आएको भए, दुबै आखाँमा भएको क्षतिबाट बच्न सकिन्थ्यो ।

पीडितकी बहिनीले पनि उजूरी दर्ता गर्दै ब्युटीशियनको गल्तीले भएको र उक्त ब्युटीशियनले कम्तिमा आफ्नो दिदीलाई पीडामा देखेपछि अस्पताल लग्नुपर्ने बताइन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ