Rumpum Advertisement
Dazzu

कोरोनाले निम्त्याउने निमोनिया घातक, यी मानिस धेरै जोखिममा

कोरोनाले निम्त्याउने निमोनिया घातक, यी मानिस धेरै जोखिममा

विराटनगर, ५ मंसिर । कोरोना भाइरसका ८० प्रतिशत संक्रमण हल्का वा मध्यम छन् । तर, गम्भीर संक्रमणले शरीरको महत्त्वपूर्ण कामकाजमा प्रभाव पार्न सक्छ । कोभिडको संक्रमणमा सबैभन्दा ठूलो जटिलताको डर, निमोनिया हो ।

निमोनिया जीवनलाई जोखिममा पार्ने समस्या हो जसले फोक्सोलाई असर गर्छ । स्वास्थ्य विज्ञका अनुसार कोभिडले निम्त्याउने निमोनिया घातक हुन सक्छ, जुन जो कोहीलाई पनि हुन सक्छ ।

कोभिडबाट संक्रमित भएका महिलाको तुलनामा पुरुषमा बढी निमोनिया देखिएको पाइन्छ ।

निमोनिया, फोक्सोभित्र रहेको वायुथैली सुन्निएको कारणले हुन्छ । यो जटिलताले भित्र तरल पदार्थ निर्माण गराउन सक्छ, जसकारण सास फेर्न गाह्रो हुन सक्छ ।

सासको कमी, खोकी, छाती दुख्ने, थकान तथा ज्वरो, निमोनियाको साथ सामान्य रूपमा अनुभव गर्न सकिन्छ ।

कोभिड एक श्वासप्रश्वासको रोग हो । यसले श्वासप्रणाली र फोक्सोमा ठूलो असर पार्छ । कोभिडको संक्रमण हुनेलाई पनि निमोनिया हुन सक्छ र यदि समयमै उपचार नगरिएमा घातक बन्दै जान्छ ।

सार्स कोभ र भाइरस श्वासप्रश्वासको मार्गमा बसोबास गर्छ र अक्सिजनलाई रक्तनलीमा पुर्‍याउने सानो हावा थैली (एल्भियोली)लाई क्षति पुर्‍याउँछ र त्यसपछि शरीरका अन्य अंगमा फैलिँदै जान्छ ।

जब एक व्यक्ति भाइरसबाट संक्रमित हुन्छ, यसले फोक्सोको पर्खाललाई बन्द र ब्लक गर्छ जसकारण अंगहरूमा रगत आपूर्ति कम हुन्छ ।

यस्तो अवस्थामा शरीरले अभावको लागि क्षतिपूर्ति दिन र अक्सिजन बढाउन बाध्य हुन्छ । बिग्रिएको हावाको थैलीका कारण तरल उत्पादन गर्छन् । र, यो तरल पदार्थ निर्माणले निमोनिया निम्त्याउँछ ।

यसलाई एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिंड्रोम (एआरडीएस) को रूपमा चिनिन्छ र जब फोक्सोले काम गर्न नसक्ने हुँदा न्यूमोनिया हुन्छ । शरीरको प्रतिरक्षा प्रणालीले भाइरसबाट बच्न पर्याप्त लड्न नसक्दा निमोनिया हुन्छ ।

पहिले नै रोग प्रतिरोध क्षमतामा कम भएका, श्वासप्रश्वासको समस्या भएका व्यक्तिमा निमोनिया हुने सम्भावना बढी रहने हुन्छ ।

संक्रमण भएको ५ दिनपछि निमोनिया हुन सक्छ । यो समयमा लक्षण पनि थप खराब हुन थाल्न सक्छ । रगतमा अक्सिजनको कमी भए, उच्च ज्वरो, नियमित छाती दुखाई, सास फेर्न समस्या, भोक हराउने तथा अन्य लक्षण बिग्रँदै जाँदा निमोनिया हुन सक्छ । संक्रमितमा निमोनिया भएको एक्सरे वा सिटी स्क्यानले मात्र थाहा पाउन सकिन्छ ।

कोभिडको गम्भीर अवस्था भएका केही संक्रमितको शरीरको आफ्नै प्रतिरक्षा प्रणालीले अत्याधिक संक्रमणबाट बचाउने प्रयास गर्दा पनि निमोनिया हुन सक्छ ।

गम्भीर कोभिडको जटिलता जो कोहीलाई पनि हुन सक्छ । तर, क्यान्सर, रक्तचाप, मधुमेह, मृगौला, कलेजो रोग, दम वा सासको समस्या भएका तथा ५५ वर्षभन्दा माथि उमेरका मानिसलाई कोभिडको कारण हुने निमोनियाको खतरा बढी हुन्छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ