Rumpum Advertisement
Dazzu

बलात्कार हुनबाट जोगिएकी किशोरीको कथामा ‘मालिङ्गो’, प्रचण्डकी नातिनी र हमालको जोडी

बलात्कार हुनबाट जोगिएकी किशोरीको कथामा ‘मालिङ्गो’, प्रचण्डकी नातिनी र हमालको जोडी

विराटनगर, ५ मंसिर । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मीता दाहालको स्वरमा ‘मालिङ्गो’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतको म्युजिक भिडियोलाई गज्जब टिभी नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

सुनिता नेपाल सुवेदीको शब्द तथा स्मीता र राजनराज शिवाकोटीको स्वर रहेको छ गीतमा राजनराजले नै संगीत भरेका हुन् । सार्वजनिक ‘मालिङ्गो’को भिडियोमा स्मीता राजेश हमालको जोडी भएर देखिएकी छन् ।

भिडियोले बलात्कार हुनबाट जोगिएकी किशोरीको कथालाई देखाएको छ । भिडियोमा राजेश हमाल घरघरमा पत्रिका पुर्याउने हकरको र स्मीता बलात्कार हुनबाट जोगिएकी किशोरीको भूमिकामा देखिएका छन् ।

सुनिल क्षेत्रीको कथा, कन्सेप्ट र कोरियोग्राफीमा तयार भएको भिडियोलाई सरोज ओलीले निर्देशन गरेका हुन् ।

नवराज उप्रेतीको छायांकनमा तयार भएको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । दर्शकहरूले निकै रुचाएको गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै ट्रेन्डिङमा पर्न सफल भएको छ ।  

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ