Rumpum Advertisement
Dazzu

पीएसजी र मोनाको भिड्दै, नेयमार मैदान फर्किनसक्ने

पीएसजी र मोनाको भिड्दै, नेयमार मैदान फर्किनसक्ने

विराटनगर, ५ मंसिर । फ्रेन्च लिग वानमा आज साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मोनाकोसँग खेल्दैछ । नेपाली समयानुसार राति १ः४५ बजे हुने सो खेल मोनाकोको मैदानमा हुनेछ ।

यस खेलमा पीएसजी लगातार नवौं जित निकाल्दै शीर्ष स्थान कायमै राख्ने दाउमा हुनेछ । पीएसजीले लिग वानका सुरुआती दुई खेलमा हार ब्यहोरेको थियो । त्यसयता उसले लगातार ८ खेलमा जित निकालेको छ ।

हाल ऊ १० खेलबाट २४ अंकका साथ शीर्ष स्थानमा छ । यता, मोनाको भने १७ अंकका साथ छैटौं स्थानमा छ ।

यस खेलबाट ब्राजिलियन स्टार नेयमार र फ्रेन्च स्टार किलियन एम्बाप्पे मैदान फर्किने सम्भावना छ ।

नेयमार र एम्बाप्पेले चोटका कारण केही खेल गुमाएका थिए । चोटका कारण रेन्नेससँगको गुमाएका एम्बाप्पेले राष्ट्रिय टोलीबाट स्वीडेनसँगको खेल खेलेका थिए ।

यता, नेयमारले भने चोटका कारण लामो समययता पीएसजीका लागि खेल्न पाएका छैनन् । बुधबारबाट क्लबको प्रशिक्षणमा फर्किएका उनी आजबाट मैदान फर्किने सम्भावना छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ